१२ कात्तिक, गुल्मी । रिडी रुद्रावेनी वामीटक्सार सडकखण्डको डहरे खोलामा पक्की पुल शिलान्यास गरिएको छ । गुल्मी क्षेत्रनम्बर–१ का सांसद डा. चन्द्र भण्डारीले गरेका हुन् ।

पुलको शिलान्यास गर्दै डा. भण्डारीले समयमै गुणस्तरीय काम गर्न निर्माण व्यवसायीलाई आग्रह गरे ।

पुल शिलान्यास कार्यक्रममा राष्ट्रिय सभा सदस्य बिष्णुकुमारी सापकोटा, लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, लुम्बिनी प्रदेश सभा सदस्य चिन्तामणि पाण्डेय, यमु गैरैलगायत स्थानीय जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

डहरे खोला पुल ४० मिटर लम्बाइको पुल बन्ने भएको हो । रिडीदेखि वामीसम्मको सडकको विभिन्न स्थानमा पक्की पुल नागरिकले सास्ती खेप्दै आएका छन् ।

रिडीदेखि वामिटक्सार सम्मको सडक अन्तर्गत चार स्थामा पक्की नहुँदा वर्षातको समयमा सवारी साधनहरुले सास्ती खेप्दै आएका हुन् ।

सडक संचालन भएको वर्षौं बित्दासमेत विभिन्न खोलामा पुल नहुदा खोला तर्ने क्रममा सवारीसाधनहरु बगाउने समेत गरेको छ ।

सवारी साधनको अत्यन्तै चाप रहेको उक्त सडक अवस्था जीर्ण छ ।

पुल नहुँदा वर्षातको समयमा बिरामीले दुःख भोग्नु पर्ने अवस्था रहेको छ ।

वर्षौंदेखि सास्ती खेप्दै आएका नागरिकको समस्यालाई मध्य नजर गर्दै चार वटा स्थानमा पक्की पुल बन्ने भएका छन् ।

सडक डिभिजन कार्यालय पाल्पा मार्फत सत्यवती गाउँपालिकाको नादेवा खोला पुलशाहाघाट, सत्यवतीकै, डहरे खोला पुल, सत्यवती र चन्द्रकोट गाउँपालिकाको भार्से खोला पुल चोरकाटेमा बन्ने भएको हो ।

त्यस्तै चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाको गिद्दी खोला पुल तल्लाफाँटमा बन्ने भएको सडक डिभिजन कार्यालय पाल्पामा सूचना अधिकारी इन्जिनियर दुर्गाप्रसाद गौतमले बताए ।

नादेवा खोला पुल शाहाघाटमा २० मिटर लम्बाई, डहरे खोला पुल ४० मिटर लम्बाइको पुल बन्ने भएको हो ।

त्यस्तै भार्से खोला पुल चोरकाटेमा ४० मिटर लम्बाइ र गिद्दी खोला पुल तल्लाफाँटमा २० मिटरको निर्माण हुने इन्जिनियर गौतमले बताए ।

२०८१ साल वैशाख १४ गते सम्झौता भई २०८२ साल साउन २२ गते सम्पन्न गर्ने मिति रहेको छ । पुलको हालसम्म कुनै पनि काम सुरु भएको छैन् ।

चारवटा पुलको २२ करोड ३१ लाख ६० हजार २१० रुपैँयाको लागतमा इलाइट कन्सट्रक्सन काठमाडौंले निर्माण गर्ने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

पुलको सम्झौता भएर वर्षातको समय सकिएकाले निर्माण कार्य सुरु गरी काम अगाडि बढने इन्जिनियर गौतमले बताए ।

रिडी रुद्रावेनी वामिटक्सार सडक हुँदै गुल्मी र छिमेकी जिल्ला बाग्लुङसम्म पुग्ने सवारी साधनहरू आउ-जाउ गर्ने गर्दछन् । यो सडक गुल्मी जिल्लाको निकै पुरानो सडक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0