लाएन क्लब अफ भृकुटी टाउनद्वारा श्रमिक दिवसको अवसरमा बाख्रा बितरण

बुटवल , बैशाख १९ । लाएन क्लब अफ भृकुटी टाउन मनकामनाले मे १ अर्थात श्रमिक दिवसको अवसरमा २५ वटा बाख्रा बितरण गरेको छ । २०७३ साल देखि निरन्तर सामाजिक कार्यमा सकृय क्लबले १७५ भन्दा बढी बाख्रा संगै बितरण गरेको हो । साथै उक्त क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा सामाजिक गतिविधिलाई अग्रसरताका साथ अघि बढाउँदै आएको छ ।

विनयपुर गाउँपालिका नवलपरासीका महिलाहरुलाई उद्यमशिल र आर्थिक आयआर्जनमा सबल बनाइ स्वालम्बन र स्वरोजगारी बन्न सकिन्छ भन्ने हेतुले यो कार्यक्रम सुरुवात गरेको हो ।

बाख्रा बितरण कार्यक्रममा अध्यक्षता लायन क्लब अफ भृकुटी टाउनका अध्यक्ष लायन सीमा घिमिरेको अध्यक्षता , प्रमुख अतिथी फर्स्ट भिडिजी (VDG) एवम २०२४/२०२५ का गभर्नर एमजेएफ लाइन(MJF lion) पुरुषोत्तम भक्त प्रधानाङ्ग , विशिष्ट अतिथि पिआरओ इन चिफ ( PRO in Chief ) लायन दिपक कुमार श्रेष्ठ , अतिथिहरु जोन चियरपर्सन लायन कुमार तामाङ , लायन पवित्रा श्रेष्ठ कार्यक्रम संयोजक संस्थापक अध्यक्ष लाएन मञ्जु पराजुली र कार्यक्रम सञ्चालन लायन इश्वरी पन्थ बस्यालको रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *