काठमाडौं। स्वीकृति बेगर जापान पुगेका कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीको दाबी झुटो साबित भएको छ। उनले भ्रमण दलमा ‘नक्कली व्यक्तिहरू’ सहभागी नभएको दाबी गरेपनि उनको सो दाबी झुटो भएको खुलेको हो।

जापानको अध्यागमनले मन्त्री अधिकारलाई प्रवेश अनुमति नै नदिई विमानस्थलबाट फिर्ता पठाएको खुलेसँगै उनको दाबी झुटो भएको खुलासा भएको छ।

उनले बुधबार पत्रकार सम्मेलनमा आफैं फर्किएको दाबी गरेका थिए। जापानको अध्यागमन अधिकारीहरूले उनलाई पठाएको निमन्त्रणा पत्र र उनीसँग गएका व्यक्तिहरूप्रति गम्भीर आशंका गरेको थियो। मन्त्री अधिकारीको टोलीले जापानको अध्यागमन कानुन उल्लंघन गरेकोले फिर्ता गरिदिएको पाइएको छ।

जापानको अध्यागमन अधिकारीहरूले मानव तस्करीको आशंकामा मन्त्रीसहितको टोलीलाई घन्टौं केरकार गरेको थियो । भ्रमणको औचित्य पुष्टि गर्न नसकेपछि अध्यागमन अधिकारीहरूले मानव तस्करीको आशंका गरेको र मन्त्री अधिकारीसहित सबैलाई डिपोर्ट गरिदिएको पाइएको छ।

जापानको अध्यागमन अधिकारीहरूले उनीहरूलाई प्रवेश अनुमति नदिई ९इन्ट्री रिफ्युज्ड० फिर्ता पठाएको थियो। मन्त्री अधिकारीको भ्रमण टोलीमा कञ्चन देवकोटा, जनक राई, दावा शेर्पा र अनिता तिमल्सिना रहेका थिए। उनीहरूसँग मन्त्रालयको परिचयपत्र समेत रहेको थियो। उनहरूमध्ये कञ्चन, जनक र दावालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै यो प्रकरणको खुलासापछि मन्त्री अधिकारीले पदबाट राजीनामा दिएका छन्।

मन्त्री अधिकारीका अनुसार उनलाई जापानको टोकियो महानगरपालिकाको कार्यक्रममा सहभागी हुनका लागि निम्तो आएको थियो। तर, त्यही निम्तोप्रति जापानको अध्यागमन अधिकारीहरूले आशंका व्यक्त गरेको थिए।

अक्टोबर २९ देखि नोभेम्बर ३ सम्मको कार्यक्रममा सहभागी हुनेगरी आयोजकले बोलाएको उनको दाबी थियो। तर घटनाक्रम बाहिर आउँदा मन्त्री अधिकारी मानवतस्करमा संलग्न भएको प्रष्ट भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0