२८ कात्तिक,काठमाडौं । सडकपेटीमा निर्माण सामग्री थुपारेको भन्दै काठमाडौं महानगरपालिकाले वडा नम्बर १ स्थित नागपोखरीमा एक निर्माण कम्पनीलाई जरिबाना गरेको छ ।

सडकपेटीमा निर्माण सामग्री थुपारेको पाइएपछि महानगरले भीएस इन्फ्रास्ट्रक्चरलाई ५० हजार रुपैयाँ जरिबाना गरेको हो ।

महानगर प्रहरी बलले सडकपेटीमा निर्माण सामग्री थुपार्ने, खुला ठाउँमा फोहोर फाल्ने, आगो बाल्ने, सटर बाहिर ग्यारेजको काम गर्ने, अनुमतिविना पोस्टर टाँस्नेलाई कारबाही स्वरूप जरिबाना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0