२८ कात्तिक, काठमाडौं । जापानको टोयो विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरु फिल्ड वर्कका लागि नेपाल आउने भएका छन् । उनीहरूले आगामी फेब्रुअरीमा नेपाल आउने प्रतिबद्धता जनाएका हुन् ।
फिल्ड वर्कका लागि नेपाल आउनु अगाडि टोयो विश्वविद्यालयले त्रिभवन विश्वविद्यालयका सहप्रध्यापक एवं सामाजिक कार्य विभागका पूर्वप्रमुख डाक्टर शुक्रराज अधिकारीलाई बोलाएर नेपालको समग्र परिचय, त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक र सोसल वर्क (सामाजिक कार्य विषय)का तहगत पाठ्यक्रमहरुबारे जानकारी लिएको छ ।
टोयो युनिभर्सिटी टोकियो जापानको निमन्त्रणामा अधिकारी यही नोभेम्बर ७ मा जापानस्थित टोकियो पुगेका थिए ।
सहप्रध्यापक अधिकारीले नेपालमा भइरहेको सोसल वर्कको अध्यापन, स्नातक, पिएचडी, तहसम्मका पाठ्यक्रम र पाठ्यवस्तु र नेपालमा यसबारे भइराखेका अनुसन्धानमूलक गतिविधिहरूबारे टोयो युनिभर्सिटीका प्राध्यापक र विद्यार्थीहरुलाई जानकारी गराएका छन् ।
आफ्नो प्रस्तुति समेतको प्रभावमा परेर विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरुले आफ्नो फिल्ड वर्कको लागि नेपाल आउने प्रतिबद्धता जनाएको अधिकारीले जानकारी दिए । उनका अनुसार विश्वविद्यालयसँगको समन्वयमा उनीहरु आगामी फेब्रुअरीमा नेपाल आउनेछन् ।
प्राध्यापक अधिकारी विगत २२ वर्षअघिदेखि त्रिभुवन विश्वविद्यालयमा प्रध्यापनरत छन् । समयशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट बाट विद्यावारिधि गरेका अधिकारी नेपाली समाजलाई अध्ययनको फिल्ड बनाउने विषय आफैँमा गर्वको विषय रहेको बताउँछन् ।
समाजशास्त्र, सामाजिक शिक्षा, सामाजिक कार्य लैंगिक अध्ययन लगायतका विषयहरूका स्नातक तह, पीएचपी तहसम्मका विभिन्न पाठ्यक्रमहरू निर्माणमा संलग्न प्राध्यापन अन्य देशका बिभिन्न विश्वविद्यालयमा समेत पुगिरहेका हुन्छन् ।
अधिकारीले यसअघि अस्ट्रेलियाका अस्ट्रेलियन नेसनल युनिभर्सिटी, न्यु क्यासल युनिभर्सिटी स्विजरल्यान्डको युनिभर्सिटी, पोर्चुगलको युनिभर्सिटी अफ लिजबन, भारत स्थित विभिन्न विश्वविद्यालयहरूमा पुगेर कार्यपत्रहरू प्रस्तुत गरेका छन् ।