काठमाडौँ । भारतको राजस्थानमा भएको १८औँ अन्तर्राष्ट्रिय कलापर्वमा नेपालका चित्रकार अजय देशार सम्मानित भएका छन् । अन्तरङ्ग कला एवं एजुकेसन वेलफेयर सोसाइटी तथा राजस्थान ललितकला एकेडेमीद्धारा राजस्थानको टोंकमा आयोजित कलापर्वमा चित्रकार देशारलाई अन्तर्राष्ट्रिय कलारत्न सम्मानद्वारा सम्मानित गरिएको हो ।

कार्तिक ३० देखि मङ्सिर २ गतेसम्म आयोजना गरिएको उक्त कलापर्वमा कला कार्यशाला, चित्रकला प्रतियोगिता, चित्रकला प्रदर्शनी, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय चित्रकार सम्मान आदि विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा नेपालका ९ सहित २०० भन्दा बढी चित्रकार सहभागी थिए । कार्यक्रममा देशारसहित ४ अन्तर्राष्ट्रिय तथा २० राष्ट्रिय चित्रकारहरूलाई कलारत्न सम्मान गरिएको थियो ।

सम्मानपश्चात् देशारले अघिल्लो पुस्ताका चित्रकार र नयाँ पुस्ताका चित्रकारबिच बढ्दै गएको खाडल पुर्नुपर्ने आवश्यकता रहेको बताए । उनले कलाको पुस्तान्तरण गर्नु जरुरी रहेको जोड दिए ।

नेपालबाट देशारसहित चित्रकार राजेश महर्जन, बालकिशोर चौधरी, प्रिन्स महर्जन, नरबहादुर विक, सुनैना ठाकुर, दोर्जे गुरुङ लामा, निदेश श्रेष्ठ र चित्रबहादुर बुढा मगरको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0