५ मंसिर, काठमाडौं । चेक बाउन्स मुद्दामा पक्राउ परेका गुण्डा नाइके सत्यमान लामा डिल्लीबजार कारागार चलान भएका छन् ।
आइतबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले लामालाई पक्राउ गरेको थियो । त्यसपछि फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराइएको थियो । अदालतको निर्देशनपछि लामालाई डिल्लीबजार कारागार चलान गरिएको परिसर काठमाडौंले जनाएको छ ।
काभ्रेको तेमाल घर भई काठमाडौं महानगरपालिका–४ बस्दै आएका लामालाई काठमाडौं जिलला अदालतले २०८० चैत २७ गते २ वर्ष कैद र ३० लाख बिगो र ३० लाख जरिवाना सजाय हुने फैसला गरेको थियो ।
पक्राउ परेका सत्यमान दावा लामाका सहयोगी पनि हुन् । उनी बुद्धचित्त र रक्तचन्दन व्यापारमा पनि मुछिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1