१५ मंसिर, काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्तमान संसदले दिने सबैभन्दा उत्कृष्ट सरकार अहिलेकै रहेको दाबी गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८ औं वार्षिकोत्सबका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले राजनीतिक अस्थिरता हटाउन वर्तमान सरकार बनेको बताए ।

‘यो सरकार बनेपछि सकारात्मक रुपले काम अगाडि बढेको छ, वर्तमान संसदले दिन सक्ने यो नै सबैभन्दा उत्कृष्ट सरकार हो,’ उनले भने ।

राजनीतिक अस्थिरताले अर्थतन्त्रका समस्या समाधान गर्न नसकेकै कारण यो सरकार बनाउन परेको उनको भनाइ छ ।

विगतको समस्याको चाङमा सरकार बनेको भन्दै उनले यो सरकारले समस्या थप्ने काम गरेको भए त्यसको जिम्मेवारी आफुले लिने समेत बताए ।

दुई ठूला दल सँग भएको तागतलाइ विगतमा गर्न सकिने र रोकिएका कामलाइ अगाडि बढाउन प्रयोग गर्ने उनले बताए । सरकार निजि क्षेत्रको मनोबल उठाउन चाहन्छ, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0