१६ मंसिर, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर–१ को वडाअध्यक्ष पदका लागि मतदान जारी छ । बिहान ७ बजेदेखि तोकिएकै समयमा मतदान सुरु भएको मुख्य निर्वाचनको कार्यालयका सहायक निर्वाचन अधिकृत ऋषिराम घिमिरेले बताए ।

वडाअध्यक्षका निर्वाचनका लागि ३ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको छ । यस वडामा ४ हजार ५१ जना मतदाता छन् ।

वडाअध्यक्ष पदका लागि ५ जना राजनीतिक दलबाट र ३ जना स्वतन्त्र गरी जम्मा ८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा माओवादी केन्द्रबाट दुर्गाबहादुर विक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इश्वरी खाती क्षत्री उम्मेदवार छन् । यसैगरी स्वतन्त्रबाट पोमानन्द खरेल, योगेन्द्र खरेल र कुलबहादुर थापा उम्मेदवार रहेको सहायक निर्वाचन अधिकृत घिमिरेले बताए ।

त्यस वडामा नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदमा निर्वाचित मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि उपनिर्वाचन गरिएको हो ।

मतदान सकेलगत्तै मतगणना पनि वडामै हुने घिमिरेले बताए । त्यसका लागि मतगणनास्थल तयार गरिसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0