२४ मंसिर, गुल्मी । गुल्मीको रिडीमा पहिलो पटक खाना महोत्सव भएको छ । आदिवासी जनजाति मञ्च रिडी बजार गुल्मीको आयोजना र रुरुक्षेत्र गाँउपालिकाको सहयोगमा गुल्मी प्रवेश गर्ने नाका रिडीमा एक दिने खाना महोत्सव गरिएको हो ।

स्थानीय जनजातिहरुको रैथाने खानाको स्वादहरुलाई आम जनतामा पस्कन तथा रिडी क्षेत्रको खाना पर्यटनलाई प्रवद्र्धन गर्नका लागि खाना महोत्सव आयोजना गरिएको आदिवासी जनजाति मञ्च रिडीका अध्यक्ष सुर्वण कक्षपतिले बताए । महोत्सवमा प्रसिद्ध नेवारी भोज, नेवारी परिकार, मगर जातिको खानाको परिकार, गुरुङ जातिको खानाको परिकार प्रर्दशन गरिएको थियो ।

महोत्सवमा विभिन्न संस्कृति झल्कीने भेषभुसा सहित सांस्कृतिक बाजा, नाच, तथा झाँकी र फोटो प्रर्दशनी गरिएको स्थानीय सुन्दर कसजुले बताए । महोत्सवमा विभिन्न लोपोन्मुख खाना तथा खाजाका परिकारको स्टल राखिएको थियो ।

महोत्सवले परम्परागत र लोपोन्मुख खानाका परिकारको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उदेश्य आयोजनकले लिएको अध्यक्ष कक्षपतिले बताए । खाना महोत्सवको अवसरमा सांस्कृतिक प्रस्तुतिहरू पनि राखिएको थियो ।

जसमा लोक गीत, नृत्य, स्थानीय पञ्चे बाजा लगायत विविध सांस्कृतिक कार्यक्रमहरूको प्रदर्शनी राखिएको थियो । खाना महोत्सव कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले यस्ता कार्यक्रममले स्थानीय खाद्य संस्कृति र परम्परालाई बढावा दिने महत्वपूर्ण कार्य भएको बताए ।

उनले खाना महोत्सवले हाम्रो सांस्कृतिक धरोहरलाई जोगाउन र प्रवर्धन गर्न महत्वपूर्ण भूमिका उल्लेख गरे । रिडी तीन जिल्लाको संगम क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण क्षेत्र मानिन्छ ।

यहाँ मागे सक्रान्तिसँगै विभिन्न अवसरमका ठूलो मेला लाग्ने पनि गर्दछ । खाना महोत्सवले रैथाने खानाको स्वादहरुलाई आम जनतामा पुर्‍याउनुका साथै यसक्षेत्रमा थप पर्यटककको चहलपहल पनि बढने अपेक्षा आयोजकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0