२६ मंसिर, काठमाडौं । लगातार विगतका ६ कारोबार दिन घटेको सेयर बजार बुधबार बढेको छ ।

बैंकिङ सेक्टरले नै बुधबारको बजारलाई बढाएको छ । लामो समयसम्म यो सेक्टर घट्दा नेप्से परिसूचकलाई प्रभाव पारेको थियो । नेप्से ४५.८८ अंक (१.७१ प्रतिशत) बढेसँगै २७१५ मा कायम भएको छ ।

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ५ अर्ब ५ करोडको भयो ।

२११ कम्पनीको मूल्य बढ्दा २९ को घट्यो भने ३ को स्थिर रह्यो । यस दिन बैंकिङ सेक्टर सबैभन्दा धेरै ३.४३ प्रतिशत बढ्यो । नेप्सेको तुलनामा बैंकिङ सेक्टर दोब्बरले बढेको हो । पूँजीकरणका आधारमा बैंकिङ सेक्टर सबैभन्दा शक्तिशाली रहेकाले यसको प्रभाव बढी पर्दछ ।

विकास बैंक १.६३, फाइनान्स १.८३, होटल तथा टुरिजम १.०५, हाइड्रोपावर १.९६, लगानी ०.७९, जीवन बीमा १.०७, उत्पादन ०.६०, माइक्रोफाइनान्स ०.४२, निर्जीवन बीमा १.०३, अन्य ०.५७ र व्यापार समूह १.५६ प्रतिशत बढे ।

न्यादी हाइड्रोपावरको ९.९, कुथेली बुखरी स्मल हाइड्रोपावरको ९.६, नारायणी डेभलपमेन्ट बैंकको ८.८, माथिल्लो मैलुङखोला जलविद्युतको ८.५ तथा राप्ति हाइड्रोको ७.१ प्रतिशत मूल्य बढ्यो ।

खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । जोशी हाइड्रोको ८.२, महिला लघुवित्तको ६.२ तथा उपकार लघुवित्तको मूल्य ४.६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा जानाकी फाइनान्स, रिभर फल्स पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, जोशी हाइड्रोपावर र एचआईडीसीएल क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0