२६ मंसिर, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो समस्या सुनाउन समेत अधिकांश कर्मचारीहरूले नेता बोकेरै आउने गरेको बताएका छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले सुरु गरेको ३९औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले अनावश्यक दबाबा दिन कर्मचारीहरू कुनै न कुनै नेता लिएर मन्त्रालय आउने गरेको बताए ।

सरकारका मुख्यसचिव एकनारायण अर्याल समेत सहभागी कार्यक्रममा उनले नेता बोकेर आफूलाई भेट्न आउने कर्मचारीबाट आजित भइसकेको बताए ।

‘मैले मन्त्रालय सम्हालेको पाँच महिना बितिसकेको छ,’ मुख्यसचिव अर्याललाई ध्यानाकर्षण गराउँदै मन्त्री गुप्ताले भने, ‘मुख्यसचिवजी, साँच्चिकै मेरो कार्यकक्षमा आएर मलाई यस्तो समस्या प¥यो । यसरी हेरिदिनुहोस् भनेर कोही कर्मचारी आउनुहुन्न । जो पनि कर्मचारी आउनुहुन्छ एउटा न एउटा नेता बोकेरै आउनुहुन्छ । यो पीडाबाट म आफै परेसान छु ।’

अब आउने ३९औं ब्याचका कर्मचारीहरूले त्यस्तो हर्कत नदोहो¥याउनेमा आफू विश्वस्त रहेको मन्त्री गुप्ताको भनाइ छ ।

‘कमसेकम तपाइँहरूको यो ब्याचले यो काम (नेता बोक्ने) गर्ने छैन । तपाईंहरूले गर्नुहुन्न भन्ने विश्वास छ । राम्रा मात्रै कामका लागि तपाइहरूलाई धेरै–धेरै शुभकामना छ,’ उनले भने ।

कर्मचारीले अध्ययनका साथै आफ्नो क्षमतामा विश्वास गरेर अघि बढ्नुपर्ने सुझाव उहाँको छ । आफ्नो जिम्मेवारी कुसलतापूर्वक निर्वाह गरेको खण्डमा सुविधाहरू आफै प्राप्त हुने भन्दै मन्त्री गुप्ताले राम्रो काम गर्दा मात्रै सबैले सम्मान पाउनाका साथै देशको गरिमा समेत जोगिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0