काठमाडौं । यस वर्षको पहिचान पुरस्कार राजु स्याङ्तानको कविता संग्रह ‘ओ पेङ्दोर्जे’लाई प्रदान गरिने भएको छ । पहिचान पुरस्कार कोषको शुक्रबार बसेको बैठकले जुरीको निर्णयलाई आधार मानी उत्कृष्ट आठ पुस्तकमध्येबाट उक्त कृतिलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । पुरस्कारको राशि चार लाख दुई हजार दुई रुपैयाँ रहेको छ ।

‘ओ पेङदोर्जे’ कविता संग्रहले गोर्खा राज्य विस्तार हुनुअघि र गोर्खा राज्य विस्तार भएपछि आफ्नो पहिचानका लागि संघर्ष गर्ने र जीवन आहुति दिने तामाङ समुदायका व्यक्तिको कथा भन्छ ।

पुस्तकमा सङ्गृहित कवितामा सांस्कृतिक जागरणको आव्हान गर्दै आफ्नो पहिचान रक्षाका लागि आवाज उठाइएको छ । विषय, शिल्प, शैली, प्रस्तुति सबै दृष्टिकोणले उत्कृष्ट रहेकाले कविता सङ्ग्रह’ ओ पेङ्दोर्जे’लाई पहिचान पुरस्कार दिने घोषणा गरिएको संस्थापक नरेश काङमाङ राईले जानकारी दिए ।

पुरस्कार आगामी चैत २३ गते भोजपुरको टेम्केमैयुङ गाउँपालिका-४ को चखियाडाँडामा वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0