३० मंसिर, काठमाडौं। पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल)मा आफ्नो प्रदर्शन किन कमजोर भयो भनेर आफैँ बु्झ्न नसकेको बताएका छन् ।

आइतबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा सुदूरपश्चिमसँग ५ रनले पराजित भएपछि कप्तान कुशल भुर्तेलले यसो बताएका हुन् ।

‘म आफैँले बुझ्न सकेको छैन मेरो प्रदर्शन यस्तो भयो भनेर।’ भुर्तेलले पोष्ट म्याचमा भने। उनले समग्र लिगमा आफ्नो प्रदर्शनबाट सन्तुष्ट नभएको बताए ।

साथै उनले कमजोर प्रदर्शनको जिम्मेवारी पनि आफै लिने बताए । उनले भने, ‘कमजोर प्रदर्शनको जिम्मेवारी आफैँ लिन्छु।’

कुशलले प्रतियोगिताभर ७ खेलमा ५४ रन बनाए, एक खेलमा ब्याटिङ गर्नै नपर्दा एक खेलमा डकआउट भएका थिए । उनले ३१ रनको उच्च स्कोर बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0