मेटाको लोकप्रिय मेसेजिंग एप इन्स्टाग्रामले आफ्नो प्लाटफर्ममा विभिन्न नयाँ आर्टिफिसियल इन्टेलिजेन्स भिडियो एडिटिंग टूल्स थप गर्दैछ । ती टूल्सको मद्दतले प्रयोगकर्ताहरुले इन्स्टाग्राम भित्रै सजिलैसँग आफ्ना भिडियोहरु सम्पादन गर्न सक्नेछन् । अर्थात् इन्स्टाग्राममा भिडियो एडिट गर्नका लागि कुनै छुट्टै एडिटिंग सफ्टवेयरको आवश्यकता पर्नेछैन । इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले हालै उक्त फिचरको टिजर सार्वजनिक गरेका छन् ।

उनले शेयर गरेका टिजरमा उक्त एआई टूलले केही उत्कृष्ट काम गरेको देखाइएको छ । सो टूलको प्रयोग गरेर भिडियोमा उनका कपडा तथा भिडियोको ब्याकग्राउण्ड नै परिवर्तन गरिएको छ । यहाँसम्म कि उनको एउटा अवतार भर्सन पनि तयार गरिदिएको छ र एआई टूलले उनको गलामा एउटा सुनको सिक्री पनि हालिदिएको छ ।

Movie Gen AI ले गर्‍यो काम

वास्तवमा यो सबै काम मेटाको Movie Gen AI ले गरेको हो । यो एउटा यस्तो एआई मोडेल हो जसले मानिस र उसका गतिविधिलाई यथार्थमा कायम राख्दै भिडियोलाई सम्पादन गर्दछ ।

हुनत एआईका माध्यमबाट भिडियो एडिटिंगको सुविधा उपलब्ध गराउने मेटामात्रै एक्लो खेलाडी होइन। यस उद्योगमा मेटाका अतिरिक्त अन्य विभिन्न ब्राण्डहरु पनि छन् जसले यस्तो फिचर उपलब्ध गराउँदै आएका छन् । एडोबको refly Video tool ले पहिलेदेखि नै टेक्स्ट कमान्डसँगै भिडियो सम्पादन गर्न सकिने सुविधा दिएको छ । त्यस्तै ओपन एआईको सोरामा पनि यस्तो खालको फिचर रहेको छ ।

तर आफ्नो मूभी जेन एआई चाहिं अन्य सफ्टवेयरहरुको तुलनामा धेरै उत्कृष्ट तथा तीव्र गतिमा काम गर्ने दाबी मेटाको छ । इन्स्टाग्राम अहिले विश्वको सबैभन्दा ठूलोमध्येको एक सोसल मिडिया प्लाटफर्म भएको हुनाले यसमा थपिने नयाँ भिडियो एडिटिंग टूलले व्यापक स्तरमा यसको ट्रेण्डलाई नै बदल्न सक्ने अपेक्षा गरिएको छ ।

यदि इन्स्टाग्राम सिइओ मोसेरीले भिडियोमा बताएको तरिका सही सावित भयो भने यो फिचरले भिडियो बनाउने तरिकालाई पूर्णरुपमा परिवर्तन गर्न सक्दछ । यो त्यस्ता सर्जकहरुको लागि एउटा सर्वाधिक उपयुक्त विकल्प सावित हुनसक्छ, जसले एडिटिंग सफ्टवेयर सिक्नुको साटो सीधै आफ्ना अवधारणामा काम गर्न चाहन्छन् ।

तर, इन्स्टाग्रामको यो एआई भिडियो सम्पादन टूलप्रति कतिपयले चिन्ता व्यक्त गरेका छन् । यसले नक्कली भिडियोलाई बढावा दिनसक्ने र मानिसलाई भ्रमित पनि बताउन सक्ने कतिपयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0