काठमाडौँ — नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो साढे १२ बजे बस्ने गरी सचिवालय बैठक बोलाएका हुन् । बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ ।
यसअघि गत साता बसेको बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । रावलले बुधबारमात्रै पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओली र एमालेका नेताहरूमाथि विभिन्न प्रश्नहरू तेर्स्याएका छन् ।

नेताहरूका अनुसार सचिवालय बैठकमा पछिल्ला सबै राजनीतिक घटनाक्रमबारे समीक्षा गर्ने र छलफल हुने छ । त्यस्तै, आगामी २१ र २२ पुसमा केन्द्रीय कमिटी बैठक बोलाइएकोमा त्यसको तयारीका विषयमा समेत छलफल हुने नेताहरूले जनाएका छन् ।

@kantipur

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0