२२ पुस, काठमाडौं । जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीचको खेल पनि ड्र भएको छ । सोमबार नै सम्पन्न बागमती प्रदेश र मधेश प्रदेशबीचको खेल पनि ड्र भएको थियो ।

सोमबार दोस्रो दिनको खेल सकिँदा पुलिसले लक्ष्य पूरा गर्न सकेन भने आर्मीले पनि पुलिसलाई अलआउट गर्न सकेन । पर्साको वीरगन्जमा भएको खेलमा आर्मीले दिएको १७२ रनको लक्ष्य पछ्याएको पुलिसले ४२ ओभरमा ५ विकेट गुमाएर ८८ रन मात्र बनाउन सक्यो ।

पुलिसका अमित श्रेष्ठले सर्वाधिक ३६ रन बनाए । आर्मीका आकाश चन्द र साहब आलमले २-२ विकेट लिँदा पवन कार्कीले १ विकेट लिए ।

दोस्रो इनिङमा आर्मीले अलआउट हुँदै १७५ रन बनाएर १७१ रनको अग्रता कायम गरी पुलिसलाई जितका लागि १७२ रनको लक्ष्य दिएको थियो । आर्मीका सोमपाल कामी ८२ रनमा अविजित रहे । तृतराज दासले ३४ रन बनाए । पुलिसका कुशल भुर्तेलले ४ विकेट लिँदा गुल्शन झाले ३, ललित राजवंशीले २ तथा राशिद खानले १ विकेट लिए।

त्यसअघि ललित राजवंशी एक्लैले ७ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको आर्मी पहिलो इनिङमा ३४.४ ओभरमा १२१ रनमा समेटिएको थियो । कुशल मल्लले सर्वाधिक २५ रन बनाए भने भीम सार्कीले २२ र कप्तान विनोद भण्डारीले २१ रन बनाए ।

पुलिसले १२५ रन जोड्दा अलआउट भएपछि ४ रनको अग्रता बनाएको थियो । पुलिसका गुल्शन झाले सर्वाधिक ४७ रन बनाए । आर्मीका साहब आलम एक्लैले ८ विकेट लिँदा सोमपाल कामी र पवन कार्कीले १-१ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0