२४ पुस, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले प्राप्त उजुरीहरूको प्राथमिकीककरण सुरु गरेको छ ।

समिति सचिवालयका अनुसार ९२ वटा उजुरी परेका छन् । त्यसमध्ये कुन उजुरीको महत्व कति हो भन्ने तय गरेर त्यस आधारमा छलफलमा अगाडि बढाउन लागिएको छ ।

गत सोमबार राजय व्यवस्था समितिले समितिका सदस्यहरूलाई प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा ९२ वटै उजुरी बाँडेको थियो ।

समिति सभापति रामहरि खतिवडाका अनुसार ९२ वटा उजुरी परेकोमा ५८ वटा उजुरीहरू दर्ता भएका छन् भने बाँकी ३४ वटा उजुरीहरू अध्ययनको क्रममा छन् । अध्ययनपछि बाँकी उजुरी दर्ता गर्ने वा नगर्ने निर्णय समितिले लिनेछ । तर, सांसदहरूलाई वितरण गरिसकेकाले अब दर्ता गर्न वा नगर्न पनि सांसदले सुझाउन सक्नेछन् ।

राज्य व्यवस्था समितिका सभापति खतिवडाका अनुसार उजुरीहरूको बारेमा अध्ययन गर्न छुट्टै उपसमिति गठन गर्ने तयारी छ ।

सभापति खतिवडाका अनुसार समितिको कार्यक्षेत्रमा नपर्ने उजुरीमाथि छलफल हुने छैन ।

समितिको कार्यक्षेत्र

राज्य व्यवस्था तथा सुशासन समितिको कार्यक्षेत्र अन्तर्गत विभिन्न निकायहरू पर्दछन् । जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग र सम्बद्ध विषय तथा निकाय पनि राज्य व्यवस्था समितिको कार्यक्षेत्र अन्तर्गत नै पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0