एन्फा यू- १६ युथ लिगको पछिल्लो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले सातदोबाटो युथ क्लबविरुद्ध २-१ को साँधुरो जित निकालेको हो ।
अभिनाश वाईबाको गोलबाट एपीएफले अग्रता लिएपनि एपीएफकै विकेन खत्रीले आफ्नै पोष्टमा गोल गरेपछि सातदोबाटो खेल बराबरी गर्न सफल भएको थियो । तर तेन्जिङ शेर्पाले ६३ औं मिनेटमा गोल गर्दै एपीएफको जित सुनिश्चित गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1