२५ पुस, तनहुँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिएका छन् ।

बिहीबार तनहुँ महोत्सवलाई सम्बोधन गर्दे उनले कृषकको भलाइ र देशको आर्थिक विकासका लागि कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिए ।

तनहुँ राजनीतिक रूपमा मात्र नभई कृषि, पर्यटन र ऊर्जाको क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका रहेका सिंहले बताए ।

`नेपालको अर्थतन्त्रलाई अगाडि बढाउन हामीले ऊर्जालाई व्यवस्थित गर्नुपरेको छ । कृषि उत्पादन वृद्धि गर्न तपाईं हामी सबैले जोड दिनुपर्छ भन्नेमा दुइमत छ‌ैन,´ उनले भने ।

कोभिडले नेपालको अर्थतन्त्रमा असर पारे पनि अहिले पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आएको र त्यसले रोजगारी सृजनासँगै अर्थतन्त्रमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याएको सिंहले बताए ।

महोत्सवले आर्थिक गतिविधि बढाउन, स्थानीय उत्पादनको बजारीकरण गर्न सघाउ पुग्ने उनको विश्वास थियो ।

मन्त्री सिंहले वर्तमान सरकारको प्राथिमकता नागरिकको जिवीका सहज बनाउनु रहेको भन्दै त्यसका लागि सरकारले कृषि, पर्यटन, ऊर्जा लगायतका क्षेत्रको विकासमा विशेष ध्यान दिइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0