काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभाग महानिर्देशक युवराज कटेलले राष्ट्रिय परिचयपत्र पालिका तहबाट वितरण गर्ने योजना बनाइएको बताएका छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय परिचयपत्र सम्बन्धि भएको छलफलमा कटेलले सो कुरा बताएका हुन् ।
उनले भने, ‘कार्ड सबैतिर सुस्त भएको छ । पालिका तहबाट वितरण गर्ने योजना बनाएका छौँ । अहिले तनहुँमा गरिरहेका छौँ । त्यहाँ सफल भए दशभर लैजान्छौँ ।’ महानिर्देशक कटेलले राष्ट्रिय परिचयपत्रमा फर्केट डेटा कलेक्सन गर्न लागिएको समेत जानकारी दिए । उनले भने, ‘यसमा फर्केट डेटा कलेक्सन छ । हजुरबुबा र हजुरआमाको पनि डिटेल राखिन्छ, नाम नागरिकता नम्बर राखिन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1