साढे १ करोड लगानीमा कुखुरापालन

३२ साउन, बागलुङ । बाह्र वर्ष कतारमा श्रम गरेर स्वदेश फर्किएका बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्मा अहिले कृषि फार्म चलाइरहेका छन् ।

शर्माको फार्ममा अहिले तीन हजार लेयर्स जातका कुखुरा छन् । ६ हजार कुखुरा पाल्नमिल्ने फार्म बनाएका उनी ३ हजार चल्ला थप्ने तयारीमा छन् ।

एक करोड ५० लाखको लगानीमा ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्म स्थापना गरेर सञ्चालनमा ल्याइएको फार्म कालिमाटीको ४३ रोपनी जग्गामा फैलिएको छ । फार्ममा गाई र बाख्रा पनि पालिएको छ । उनले यसरी काम थालेको ५ वर्ष भयो ।

सामूहिक रूपमा थालिएको फार्म पछिल्लो ३ वर्षदेखि शर्माले एक्लै सञ्चालन गर्दै आएका हुन् । ‘कुखुरापालन व्यवसाय निकै जोखिपूर्ण हुन्छ, अण्डाको मूल्यमा उतारचढाव हुन्छ, तर हिम्मत हारिएन अहिले फार्मलाई जिल्लाकै ठूलो अण्डा उत्पादन गर्ने फार्मका रूपमा चिनाउन सफल भएको छु’, शर्माले भने ।

शर्माको फार्ममा प्रत्यक्ष रूपमा चारजनाले रोजगारी पाएका छन् । अहिले दैनिक ३ हजार अण्डा बागलुङमा खपत भइरहेको छ । ३ हजार कुखुरा हुर्काएर अण्डा दिने बनाउन २५ लाख रुपैयाँ लाग्ने उनी सुनाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *