काठमाडौँ । प्रेस सेन्टर नेपालले पत्रकार महासंघ र सामुदायिक रेडियो प्रसारक संघको निर्वाचनमा साझा प्यानल बनाउने निर्णय गरेको छ ।

आइतबार संगठनका अध्यक्ष विष्णु सापकोटा जुगलको अध्यक्षतामा बसेको केन्द्रीय कार्यलयको बैठकले पत्रकार महासंघ र एकोराबलाई साझा चरित्रको बनाउन र सबैको सहभागिता सुनिश्चित हुने वातावरण बनाउन सबै पक्षलाई आग्रह गरेको हो ।

संगठनका महासचिव सन्तोष पौडेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा पत्रकार महासंघ र एकोराबमा आफ्नो नेतृत्वमा सबै पक्षलाई समेटेर लैजाने निर्णय भएको बताइएको छ । त्यसैगरी नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनीक नगरिएको तथा सदस्यताको अन्तिम नामावली पनि सार्वजनीक नगरिनुले महासंघको निर्वाचन तोकिएको समयमा नहुने आशंका थपिएको भन्दै तत्काल सदस्यताको अन्तिम नामावली र कार्यतालिका सार्वजनीक गर्न पनि माग गरिएको छ ।
विज्ञप्तिमा प्रेस सेन्टर जुनसुकै बेला पनि निर्वाचनको लािग तयार रहेको जनाउँदै महासंघलाई बन्धक बनाउने प्रवृत्तिको भण्डाफोर गर्ने निर्णय पनि सेन्टरले गरेको छ । उसले महासंघ र एकोराबलाई साझा बनाउन आफू लाग्ने प्रेस सेन्टरले प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0