२७ भदौ, काठमाडौं । अमेरिका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन पहल गर्ने बताएका छन् ।
संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकले रेग्मीले अमेरिकी राष्ट्रपतिको भ्रमण र संसदलाई सम्बोधन भयो भने नेपालको छवि विश्वसनीयता बन्ने र समृद्धिको ढोका खुल्ने बताए ।
अमेरिकाका राष्ट्रपति रोनाल्ड रेगन र जोन अफ क्यानेडीले नेपालको सगरमाथाबारे चासो देखाएको भन्दै उनले भने, ‘हामीले सागरमाथा डाइलग भनेर पनि अगाडि बढाउन खोजेका छौं । यो विषयलाई लिएर अमेरिकी राष्ट्रपतिको भ्रमण गराउन सकिन्छ कि ?’
राजदूत भएर गए यसमा आफूले पहल गर्ने उनले बताए । नेपालको संसद र अमेरिकी कंग्रेसको बीचमा पनि सम्बध बढाउन आवश्यक रहेको भन्दै उनले त्यसका लागि काम गर्ने बताए ।
@अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1