खेलकुद

नेपालले आज कतारसँग खेल्दै

नेपालले आज कतारसँग खेल्दै

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
१ वैशाख , काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा आफ्नो दोस्रो खेलमा आज कतारसँग खेल्दैछ । खेल दिउँसो ४ः१५ मा अल अमरेत क्रिकेट मैदान-१ मा सुरु हुनेछ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो । कतार पहिलो खेलमा हङकङले दिएको २०२ रनको लक्ष्य पछ्याउनेक्रममा २६ रनले पराजित भएको थियो । नेपालले मलेसियाले दिएको १४४ रनको लक्ष्य १९.२ ओभरमा पूरा गरेको थियो । नेपाली ब्याटरलाई आजको खेलमा आक्रामक क्रिकेट खेल्न आवश्यक देखिन्छ । दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । उनको अलराउन्ड प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । आजको खेलमा नेपालले टोलीमा परिवर्तन गर्ने सम्भावना कम छ । उता कतारका कप्तान मोहम्मद तनवीर प्रमुख हतियार हुन् । उच्च लयमा रहेका तनवीरको विकेट समयमै लिन आवश्यक देखिन्छ । कतारको शीर्षक्रम ब्याटिङ मजबुत छ । नेपाल र कतारबीच हालसम्म एक मात्रै टी-२० आई ...
फेरि भारत र पाकिस्तानसँग भेट पक्का गर्ने अवसर

फेरि भारत र पाकिस्तानसँग भेट पक्का गर्ने अवसर

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
२९ चैत, काठमाडौं । तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी मलेसियासँग खेल्दै नेपालले एसीसी प्रिमियर कप सुरु गर्दैछ । भोलि शुक्रबार ओमानमा हुने नेपाल र मलेसियाको खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ । १० देश सहभागी प्रतियोगितामा नेपालको लक्ष्य उपाधि रक्षा गर्दै क्रिकेटका पावर हाउस भारत र पाकिस्तानसँग फेरि प्रतिस्पर्धा गर्नु हुनेछ । किनकि दुई महिनापछि हुने टी–२० विश्वकपमा नेपाल रहेको समूहमा भारत र पाकिस्तान परेन । सुपर एटमा पुग्यो भने मात्र भारत वा पाकिस्तानसँग खेल्ने अवसर जुर्नेछ । सुपर एटमा पुग्न दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्डस् रहेको समूह डीको शीर्ष दुईमा पर्नुपर्छ, जुन सहज छैन । एसीसी प्रिमियर कपमा उपाधि रक्षा गरेमा अर्को वर्ष एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने अवसर हुनसक्छ । छनोट प्रतियोगिताबाट गएको हङकङ एसिया कपमा चार पटक (२००४, २००८, २०१८ र २०२२...
एसीसी प्रिमियर कपको उपाधि दाबेदार नेपालले आज मलेसियासँग खेल्दै

एसीसी प्रिमियर कपको उपाधि दाबेदार नेपालले आज मलेसियासँग खेल्दै

खेलकुद, समाचार, समाज
३० चैत, काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपमा आज मलेसियासँग खेल्दैछ । खेल दिउँसो ४:१५ मा ओमानको अल अमरेत मैदानमा सुरु हुनेछ । उपाधि दाबेदार नेपाल मलेसियालाई हराउँदै सानदार सुरुवात गर्ने योजनामा छ । समूह ‘ए’ मा नेपाल, हङकङ, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह ‘बी’ मा ओमान, युएई, कम्बोडिया, बहराइन र कुवेत छन् । प्रतियोगिता विजेताले टि-२० विश्वकपपछि हुने टि-२० एसिया कप खेल्न पाउनेछ । नेपालको दीपेन्द्रसिँह ऎरी, कुशल मल्ल र कुशल भुर्तेल प्रमुख हतियार हुन् । यी तीन खेलाडीको प्रदर्शन निकै महत्त्वपूर्ण हुनेछ । उता मलेसियाका विरनदिप सिंह,शर्विन मुनिआन्डि र सैद अजिज प्रमुख ब्याटर हुन् । यी तीन विकेट समयमै लिन सके नेपाल खेलमा हाबी हुन सक्छ । स्पिनर पवनदिप सिंह प्रमुख बलिङ हतियार हुन् । नेपाल र मलेसियाबिच हालसम्म ९ टि_२० आई खेल भएका छन् । नेपाल ८ र मलेसिया १ खेलमा विजयी भएका छन्...
च्याम्पियन्स लिग : पीएसजीको मैदानमा बार्सिलोनाको जित

च्याम्पियन्स लिग : पीएसजीको मैदानमा बार्सिलोनाको जित

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
२९ चैत, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई उसैको मैदानमा ३-२ ले पराजित गरेको छ । अवे मैदानमा प्राप्त यस जितले बार्सिलोनाको लागि घरेलु मैदानमा हुने दोस्रो लेगमा केही सहज बन्नेछ । पेरिसस्थित पार्क डे प्रिन्समा भएको खेलमा राफिन्हाको गोलमार्फत बार्सिलोनाले ३७औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफमा अग्रता कायम गरेको बार्सिलोनाले दोस्रो हाफको सुरुवातमै दुई गोल खायो । ४८औं मिनेटमा बार्सिलोनाकै पूर्व खेलाडी उसमान डेम्बेले तथा ५१औं मिनेटमा भिटिन्हाले गोल गरेपछि पीएसजीले खेलमा २-१ को अग्रता बनाएको थियो । तर बार्सिलोनाले पनि पुनरागमन गर्‍यो । ६२औं मिनेटमा बार्सिलोनाका राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका आन्द्रे क्रिस्ट...
नेपाल ए लाई आयरल्यान्डले दियो २८५ रनको लक्ष्य

नेपाल ए लाई आयरल्यान्डले दियो २८५ रनको लक्ष्य

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
२५ चैत, काठमाडौं । ओपनर स्टेफन डोहेनीको शतकमा आयरल्यान्ड ए ले तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपाल ए लाई २८५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनायो । आयरल्यान्डका स्टेफन डोहेनीले १२९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक १०७ रनको शतकीय इनिङ खेले । अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हानेका उनी रिजन ढकालको अफ साइडको बल कट खेल्ने धुनमा एज लागेर विकेटकिपर अर्जुन साउदको हातबाट समातिन पुगे । चोभार एण्डबाट आएका तीव्र गतिका बलर विकाश आग्रीको छैटौं ओभरको सट बलमा जेम्श म्याकुलम ९ रनमा विकेटकिपर अर्जुन साउदबाट क्याच आउट भए । त्यसपछि क्रिजमा आएका पिटर मुर २५ बलमा २ चौका र ५ छक्कासहित ४४ रनको आक्रामक इनिङ खेल्दै आउट भएका थिए । पिटर मुर आउट हुँदा आयरल्यान्ड १३.३ ओभरमा ९०–२ को अवस्थामा थियो । उनी आ...
बेंग्लोरमाथि राजस्थानको सानदार जित, कोहलीको शतक काम लागेन

बेंग्लोरमाथि राजस्थानको सानदार जित, कोहलीको शतक काम लागेन

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
२५ चैत, काठमाडौं । ओपनर जस बटलरको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंग्लोरमाथि ६ विकेटको सानदार जित हात पारेकोछ । १८४ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । राजस्थानको जितमा जस बटलरले ५८ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक १०० रनमा अविजित रहे । पछिल्लो समय खराब लयमा रहेका बटलरलाई यो शतकले ठूलो राहत दिनेछ । कप्तान संजु स्यामसन ४२ बलमा ८ चौका र २ छक्कासहित ६९ रन बनाए । बेंग्लोरका रिस टोप्ली २, यश दयाल र मोहम्मद शिराजले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंग्लोरले २० ओभरमा तीन विकेट गुमाउँदै १८३ रन बनाएको थियो । विराट कोहलीले ७२ बलमा १३ चौका र ४ छक्कासहित ११३ रनमा नटआउट रहेपनि जित्नका लागि जुत्न पर्याप्त रहेन । फाफ डु प्लेसिस ४४, ग्लेन म्याक्सवेल १ रनमा आउट भए । राजस्थानका युजभे...
चितवनको क्रिकेट रंगशाला बनाउन एउटा कम्पनीको मात्रै टेन्डर

चितवनको क्रिकेट रंगशाला बनाउन एउटा कम्पनीको मात्रै टेन्डर

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
२३ चैत, चितवन । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि गरिएको टेन्डर खोलिएको छ । विहीबार दिउँसो खोलिएको टेण्डरमा एक मात्रै कम्पनीले ठेक्का हालेको पाइएको महानगरका निर्देशक जगन्नाथ अर्यालले जानकारी दिए । ३० दिनको म्याद राखेर गत फागुन १७ गते १ अर्ब १० करोडको ठेक्का आह्वान गरिएको थियो । महानगरपालिकाका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यले एम.ए. कन्स्ट्रक्सन प्रा.लि.ले मात्रै ठेक्का हालेको पाइएको बताए । ‘अहिले अरु विडरहरु आएको देखिएन, एक मात्रै कम्पनीले ठेक्का हालेको पाइयो’ इन्जिनियर आचार्यले भने, ‘अब ठेक्का हाल्ने कम्पनीको प्राविधिक प्रस्ताव मूल्याङ्कन सुरु गर्छौं ।’ आचार्यका अनुसार १ हप्ता भित्र महानगरले राखेको मापदण्ड भित्र प्राविधिक प्रस्ताव आए/नआएको मूल्याङ्कन गरेपछि मात्रै उसको आर्थिक प्रस्ताव खोलिने र...
नेपालले भारतमा आज बरोडासँग खेल्दै

नेपालले भारतमा आज बरोडासँग खेल्दै

खेलकुद, समाचार
२३ चैत, काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा आज बरोडासँग खेल्दैछ । खेल दिउँसो २:४५ मा सुरु हुनेछ । नेपाल सुरुवाती तीन खेलमा जितका साथ फाइनलमा पुगेको छ । बरोडा सुरुवाती तीन खेलमा हारका साथ फाइनल दौडबाट बाहिरीसकेको छ । नेपालले फाइनल आइतबार गुजरातसँग खेल्ने छ । पहिलो खेलमा नेपालले बरोडालाई २७ रनले हराएको थियो । १५७ रनको लक्ष्य बरोडाले पछ्याउनेक्रममा २० ओभरमा १२९ रनमा अलआउट भएको थियो । बरोडाका बाबा खान, भानु पनिया र कप्तान विष्शु सोलांकी प्रमुख खेलाडी हुन् । यता नेपालले बेन्चमा बसेका ललित राजवंशी र आकाश चन्दलाई आज मौका दिनसक्छ । यसअघिको खेलमा करण केसी र दीपेन्द्रसिंह ऐरीलाई विश्राम दिइएको थियो । नेपालले गुजरातलाई ८ विकेट र ८ रनले हराएको थियो । उता बरोडा गुजरातसँग ५ विकेट र ५७ रनले पराजित भएको थियो । अर्को सातादेखि ओमानमा एसीसी प्रिमियर कप टी–२० प्र...
कोलकातासँग दिल्ली १०६ रनले पराजित

कोलकातासँग दिल्ली १०६ रनले पराजित

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
२२ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स (केकेआर)ले दिल्ली क्यापिटल्स (डीसी)लाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो जितसँगै तीन खेलबाट ६ अंक जोडेको केकेआर शीर्ष स्थानमा रहेको छ भने दिल्ली ४ खेलबाट २ अंक जोडेर ९औं स्थानमा छ । कोलकाताले दिएको २७३ रनको विशाल लक्ष्य पछ्याएको दिल्ली १७.२ ओभर खेल्दै १६६ रनमै अलआउट भयो । डीसीका लागि कप्तान ऋषभ पन्तले ५५ र ट्रिस्टान स्टुब्सले ५४ रन बनाए भने ओपनर डेभिड वार्नरले १८ र पृथ्वी शले १० रन जोडे । त्यसबाहेकका ब्याट्स म्यानले दोहोरो अंक नै जोड्न नसकेपछि डीसी १६६ रनमै समेटिएको हो । केकेआरका वैभव अरोरा र वरुण चक्रववर्थीले तीन/तीन, मिचेल स्ट्राकले दुई र आन्द्रे रसेल र सुनिल नारानेले एक/एक विकेट लिए । विशाखापट्टनममा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनाएको थियो ।...
गुजरातलाई हराउँदै फाइनलमा पुग्ने सोचमा नेपाल

गुजरातलाई हराउँदै फाइनलमा पुग्ने सोचमा नेपाल

खेलकुद, समाचार
२१ चैत, काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत तेस्रो खेलमा आज गुजरातसँग खेल्दैछ । खेल दिउँसो २:४५ मा सुरु हुनेछ । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट र दोस्रो खेलमा बरोडालाई २७ रनले हराएको थियो । नेपाल आजको खेलमा विजयी भएमा एक खेलअगावै फाइनलमा पुग्नेछ । उता गुजरातले बरोडालाई ५ विकेटले हराएको थियो । नेपालले शुक्रबार अन्तिम खेल बरोडासँग खेल्नेछ । फाइनल आइतबार हुनेछ । गुजरात पहिलो खेलमा नेपालसँग ९८ रनमा अल आउट भएको थियो । नेपालका करण केसीले ४ र गुलशन झाले ३ विकेट लिएका थिए । करण र गुलशन दुवै राम्रो लयमा देखिएका छन् । बरोडाविरुद्ध सन्दीप जोरा र कुशल मल्लले आक्रामक क्रिकेट खेलेका थिए । नेपाल ओपनर कुशल भुर्तेल र आसिफ शेखबाट राम्रो प्रदर्शन चाहन्छ । अनिल शाहले पाएको अवसरलाई सदुपयोग गर्नुपर्ने हुन्छ । नेपालले सुरुवाती दुई खेलमा आकाश चन्द, विवेक याद...