समाचार

बाँदर धपाउन कर्मचारी नियुक्ति गर्ने निर्णय, कानुन मन्त्रीसँग कानुन बनाउन माग

बाँदर धपाउन कर्मचारी नियुक्ति गर्ने निर्णय, कानुन मन्त्रीसँग कानुन बनाउन माग

समाचार
१३ चैत पर्वत । पर्वतको महाशिला गाउँका स्थानीय बासीले कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँग बाँदर नियन्त्रणका लागि कानुन निर्माण गरिदिन माग गरेका छन् । मतदातासँग जनसंवाद कार्यक्रम सञ्चालनका लागि उपस्थित मन्त्रीसँग उनीहरूले बाँदर आतङ्कका कारण गाउँ बस्ती विस्थापित भएको गुनासो गरे । ‘‘कि बस्ती स्थानान्तरण गर्नुपर्‍यो कि त जनतालाई बस्ने वातावरण बनाई दिनपर्‍यो’’ महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी भुसालले मन्त्रीसँग गुनासो गरिन्,‘‘पहिला बाँदर लखेट्ने जनतालाई अहिले बाँदरले लखेट्न थाल्यो । हामी गाउँमा बसिसक्ने अवस्था भएन ।’ महाशिला गाउँपालिकाका पूर्वअध्यक्ष राजु पौडेलले आफू गाउँपालिका अध्यक्ष हुँदा बाँदर समातेर निकुञ्ज पठाउन खोज्दा अवरोध भएकाले तत्काल कानुन बनाएर दिगो समाधान खोज्न आग्रह गरे । उनले भने,‘स्थानीय जीवन उच्चै ठकुरीले पहिला बाँदरले बालीनालीमा क्षति पुर्‍याउ...
टेरामक्स अनियमितता : ठेक्कामा संलग्न नभएको कम्पनीलाई १७ करोड भुक्तानी

टेरामक्स अनियमितता : ठेक्कामा संलग्न नभएको कम्पनीलाई १७ करोड भुक्तानी

समाचार
१३ चैत, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स प्रणाली खरिदका क्रममा ठेक्का सम्झौता नै नभएको कम्पनीलाई करिब १७ करोड रुपैयाँ भुक्तानी गरेको भेटिएको छ । टेरामक्स प्रविधि स्थापनाका लागि अन्तर्राष्ट्रिय बजारबाट उपकरण खरिद गर्ने र त्यही स्तरको सफ्टवेयर बनाउने भनी भेन्राइज सोलुसन्सले प्राधिकरणको ठेक्का पाएको थियो । तर उक्त प्रणालीसँग सम्बन्धित केही उपकरण नेपालमै खरिद भएको भन्दै नेपाली कम्पनी म्याक्स इन्टरनेशनलाई प्राधिकरणले करिब १७ करोड रुपैयाँ भुक्तानी दिएको हो । ‘नेपाली बजारमा यी उपकरण उपलब्ध छैनन्, नेपालीहरु यससँग सम्बन्धित सफ्टवेयर समेत बनाउन सक्दैनन् भन्ने अनुमानका साथ अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर ठेक्कापट्टा भयो’, प्राधिकरण स्रोतले भन्यो, ‘तर छानिएकै कम्पनीले यी सामान मैले नेपाली बजारबाट खरिद गरेको हुँ भनी स्थानीय स्तरमा भुक्तानी गर्न पत्राचार गरेको देखियो । यो सरसर...
दोस्रो टी–२० मा पनि आयरल्याण्ड ए माथि नेपाल विजयी

दोस्रो टी–२० मा पनि आयरल्याण्ड ए माथि नेपाल विजयी

खेलकुद, समाचार
१३ चैत, काठमाडौं । घरेलु टोली नेपालले दोस्रो टी२० खेलमा आयरल्यान्ड ए लाई ७१ रनले हराएको छ । योसँगै नेपालले आयरल्यान्ड ए सँग दुबै खेलको टी२० सिरिज पनि जितेको छ । जितको लागि १९९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १२७ रनमा अल आउट भयो । आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले १३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २६ रन बनाए । रस आदिर १७, मोर्गन टिप्लिङले २१, केड १८ र ग्यारेथ डेलानी १५ रनमा आउट भए । नेपालका सोमपाल कामी र कुशल मल्लले ३(३ विकेट लिए । करण केसी, कुशल भुर्तेल र विवेक यादवले १(१ विकेट लिए । त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेपालको जितमा बायाँ हाते ब्याटर गुलशन झाले ३२ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रन बनाएका थिए । कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रनको आक्राम...