Author: Admin

जतिबेला पनि निद्रा लाग्छ ? हाइपरसोम्निया पनि हुनसक्छ

जतिबेला पनि निद्रा लाग्छ ? हाइपरसोम्निया पनि हुनसक्छ

समाचार, स्वास्थ्य
शरीरलाई स्वस्थ राख्न सातदेखि आठ घण्टा सुत्नुपर्छ । यति समय रातमा गहिरोसँग निदाउँदा शरीरलाई आराम पुग्छ । तर पर्याप्त सुतेर पनि दिनभर निद्रा लागिरह्यो भने हाइपरसोम्निया भएको हुनसक्छ । जसको छिटो पहिचान भई उपचार गर्दा निको हुनसक्छ । शरीरलाई आवश्यकभन्दा बढी निद्रा लाग्नु हाइपरसोम्निया हो । यस्तोमा राति राम्रोसँग निदाएर पनि दिउँसो पनि निद्रा लागिरहने हुनसक्छ । अन्तर्राष्ट्रिय जर्नल स्लिप फाउन्डेसनका अनुसार लगभग ४० प्रतिशतमा हाइपरसोम्नियाको लक्षण देखिन्छ । यसो भन्दैमा दिउँसो सुत्ने बित्तिकै हाइपरसोम्निया भयो भन्न मिल्दैन । दिनचर्यामा कुनै परिवर्तनका कारण कहिलेकाहीं निद्रा लाग्नु सामान्य अवस्था हो । तर सातामा तीन दिन भन्दा बढी दिनमा पनि अत्याधिक निद्रा लागेर दैनिकीमा अवरोध ल्याइरहेको छ भने हाइपरसोम्नियाको शंका गरी स्वास्थ्य परीक्षण गराउनुपर्छ । कारण हाइपरसोम्निया हुने एक मात्र कारण ...
महामन्त्रीको प्रतिवेदनमा छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

महामन्त्रीको प्रतिवेदनमा छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

राजनीति
१३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदनमाथि छलफल गर्न १९ असारमा केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय चमतिमा बस्ने बैठकको एजेण्डामा महामन्त्रीको समीक्षा प्रतिवेदनमाथि छलफल र विविध गरी दुई वटा राखिएको छ । महामन्त्री ढकालले देशव्यापी भ्रमण गरेर तयार पारेको समीक्षा प्रतिवेदन बुधबार सभापति रवि लामिछानेलाई बुझाएका थिए । उनले पार्टीमा विभिन्न समस्या देखिएको भन्दै बेलैमा उपचार नगरे ०८४ को चुनावमा राष्ट्रिय पार्टी बन्न पनि नसक्ने निश्कर्ष निकालेका छन् ।...
चितवनको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन हिमालयन कालिञ्चोक बीबीआर जेभी छानियो

चितवनको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन हिमालयन कालिञ्चोक बीबीआर जेभी छानियो

खेलकुद, समाचार
१४ असार, काठमाडौं । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हिमालयन कालिञ्चोक बीबीआर जेभी छनोट भएको छ । भरतपुर महानगरपालिकाले आज सो कम्पनीको नाममा सात दिने आसयपत्र जारी गरेको छ । सो समय अवधि भित्र कुनै उजुरबाजुर नभए आठौं दिनमा निर्माण सम्झौता हुने छ । सम्झौता भएको दिनदेखि २६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । निर्माण लागत भ्याट र पीएस बाहेक ६८ करोड २ लाख ६४ हजार २ सय ७ रुपैयाँ ८४ पैसा छ । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि दोस्रोपटक आह्वान गरिएको टेण्डरमा १२ कम्पनीहरूले टेण्डर हालेका थिए । तीमध्येबाट टेण्डर हालेको हिमालयन कालिन्चोक बीबीआर जेभीको नाममा आसयपत्र जारी गरिएको भरतपुर महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले जानकारी दिए । सुरुमा रंगशाला निर्माण थ...
गुगलले अब नेवारी भाषा पनि उल्था गर्ने

गुगलले अब नेवारी भाषा पनि उल्था गर्ने

अन्तर्राष्ट्रिय, सूचना-प्रविधि
१४ असार, काठमाडौं । सर्च इन्जिन गुगलले नेपाल भाषा (नेवारी)मा पनि उल्था गर्ने भएको छ । अंग्रेजी, नेपाली, हिन्दीसहित पहिले १३३ वटा भाषामा उल्था गर्ने गुगलले अरु ११० वटा भाषा थप्दा नेवारी भाषा पनि परेको हो । यससँगै कूल १४३ वटा भाषामा उल्था गर्ने सुविधा प्रदान गरेको गुगलले ब्लग पोष्टमार्फत् जानकारी दिएको छ । आफ्नो यो अपडेटले अनुवाद सेवालाई अधिक समावेशी र सुलभ बनाएको गुगगले दाबी गरेको छ । सुरुमा गुगलले अंग्रेजी, चाइनिज, फ्रेन्च, जर्मन, जापनिज, कोरियन, पोर्चुगिज, स्पेनिस र टर्किस भाषामा उल्था गर्न थालेको थियो । २०७० सालदेखि नेपाली भाषा पनि थपिएको थियो । ट्रान्सलेट डट गुगल डट कममा गएर आफूलाई ट्रान्सलेट गर्नुपर्ने भाषाको प्याराग्राफ वायाँतिरको कोठामा राखेपछि दायाँ तिरको कोठामा अनुवादसहित देखाइदिन्छ । नयाँ थपिएका भाषाहरुमध्ये एक चौथाइ अफ्रिकी मुलुकमा बोलिने भाषाहरु छन् । त्यसमध्य ...
काठमाडौंको रामकोटमा कलभर्टबाट कार खस्दा एक जनाको मृत्यु

काठमाडौंको रामकोटमा कलभर्टबाट कार खस्दा एक जनाको मृत्यु

समाचार, समाज / जिवनशैली
१४ असार, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नागार्जुन नगरपालिका–६ खरिबोटका पूर्ण दर्नाल रहेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार आज बिहान करिब साढे २ बजे बागमती प्रदेश ०२७ च ०४९१ नम्बरको कार छमछमे खोलाको कलभर्टबाट तल खसेको थियो । बिहान साढे ५ बजेमात्र घटनास्थलबाट दर्नालको उद्धार भएको थियो । उनलाई उपचारका लागि मनमोहन मेमोरियल अस्पताल लगिएकोमा बिहान पौने ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।...
५ सय विद्यार्थीको उत्तरपुस्तिका हराइदिने दोषीलाई भएन कारबाही

५ सय विद्यार्थीको उत्तरपुस्तिका हराइदिने दोषीलाई भएन कारबाही

अपराध / प्रशासन, शिक्षा
काठमाडौँ — परीक्षा नियन्त्रण कार्यालयबाटै स्नातक तहका करिब ५ सय विद्यार्थीको उत्तरपुस्तिका हराएको घटनामा संलग्न दोषीलाई कारबाही गर्नुको सट्टा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलगायत पदाधिकारीले संरक्षण गरेका छन् । पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेल संयोजकत्वको उच्चस्तरीय छानबिन समितिले परीक्षा नियन्त्रक पुष्पराज जोशीलगायत ७ जनालाई कारबाही गर्न सिफारिस गरेको थियो । गत वैशाख अन्तिम साता बुझाएको छानबिन प्रतिवेदन डेढ महिनासम्म लुकाएर पदाधिकारीले नै दोषीहरूलाई संरक्षण गरेका हुन् । उपकुलपति केशरजंग बराल, रजिस्ट्रार केदार रिजाल र रेक्टर खड्ग केसीले प्रतिवदेन कार्यकारी परिषद्मा पेस गरेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउँदै आएका थिए । तर डेढ महिनासम्म प्रतिवेदन कार्यकारी परिषद्मा समेत छलफलका विषय नबनेको उपकुलपति कार्यालय निकट एक प्राध्यापकले बताए । स्रोतका अनुसार उत्तरपुस्तिका हराउनुमा लापरब...
सशस्त्रका १८ एसपी र २३७ डीएसपीको सरुवा

सशस्त्रका १८ एसपी र २३७ डीएसपीको सरुवा

अन्तर्राष्ट्रिय, समाचार
१० असार, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले १८ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र २३७ जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ । निकट भविष्यमा अनिवार्य अवकाश हुने र हाल कमाण्ड जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई कमाण्ड जिम्मेवारीभन्दा अन्यत्र सरुवा गरिएको सशस्त्र हेडक्वाटरले जनाएको छ । गत १ असोजमा प्रकाशित डीएसपीहरुको कमाण्ड पूर्वानुमान सूचीको आधार उनीहरुको सरुवा गरिएको सशस्त्रले जनाएको छ । २ वर्ष अवधि पूरा भएका र कमाण्डको जिम्मेवारीमा रहेका एसपीहरुको एकैपटक सरुवा गरिएको हो । सरुवा गरिएका मध्ये १४ जनाले आश्रित गुल्म र २६ जनाले अनाश्रित गुल्मको जिम्मेवारी पाएका छन् । पूर्वानुमान सूची अनुसार कमाण्ड जिम्मेवारीमा खटिन बाँकी रहेका र अन्य डीएपीहरुलाई समेटी आगामी कमाण्डको लागि संगठनले छिट्टै नयाँ पूर्वानुमान सूची प्रकाशन गर्ने योजना र...
पोषराज पोखरेल २ दिनका लागि एआईजी

पोषराज पोखरेल २ दिनका लागि एआईजी

समाचार
१० असार, काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई दुई दिनका लागि अतिरिक्त महानिरीक्षक (एआईजी) बनाउने प्रस्ताव गरिएको छ । गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले सोमबार डीईआईजी पोखरेललाई २ दिने एआईजी बढुवाका लागि सिफारिस गरेको हो । एआईजी बढुवा सिफारिस समितिमा गृहसचिव संयोजक हुन्छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ । उक्त समितिले २१ असारबाट अवकाशमा जान लागेका डीआईजी पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो । यही असार १८ गते राति १२ बजेबाट एआईजी उमेशराज जोशी अनिवार्य अवकाशमा जाँदैछन् । ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका जोशीको ठाउँमा बढुवा गर्न पोखरेललाई बढुवा सिफारिस समितिले सोमबार सिफारिस गरेको हो । यद्यपि एआईजीको फुली लगाएको २ दिनमै पोखर...
गृहमन्त्रीविरुद्धको रिटमा आज सुनुवाई हुँदै

गृहमन्त्रीविरुद्धको रिटमा आज सुनुवाई हुँदै

समाचार
काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए। यसअघि जेठ २८ गते न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा रूपन्देही जिल्ला अदालतमा दायर भएको अभियोग पत्र मगाउन आदेश गरेको थियो। बहसका क्रममा निवेदकहरूले गृहमन्त्री लामिछानेविरुद्ध रूपन्देही जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा नाम उल्लेख भएको र उनले लिएको ऋणसमेत उल्लेख भएको जिकिर गरेका थिए। न्यायाधीशद्वय शर्मा र श्रेष्ठको इजलासले जितेन्द्रबाबु राई समेत भएको सहकारी ठगी विवाद सम्बन्धी मिसिल झिकाएर पूर्व आदेशअनुसार अग्राधिकार समेत दिने आदेशमा उल्लेख गरेको छ। ला...
ज्यान जोखिममा राखेर तुइनबाट वारपार

ज्यान जोखिममा राखेर तुइनबाट वारपार

समाचार, समाज / जिवनशैली
हुम्ला, असार ४ गते । कर्णाली नदीमा हालसम्म नयाँ पक्की पुल बन्न नसक्दा स्थानीय बासिन्दा तुइन चढ्न बाध्यता छन् । पूर्वाधार विकास कार्यालय सिमकोटले लालीबगरमा कर्णाली नदीमाथि पक्की पुल निर्माणका लागि निर्माण कम्पनी छनोट गरेको भए पनि निर्माण कम्पनी पक्षले पुल नबनाउदा खार्पुनाथ गाउँपालिकाका तीन वटा वडाका बासिन्दालाई तुइनमा ओहोरदोहोर गर्न बाध्य छन् । खार्पुनाथ गाउँपालिका वडा नम्बर १ र २ लाली, प्युस, गोक्पा, देउखुरी, राया र थाली गाउँका सयौँ बासिन्दाले वारपार गर्ने ठाउँमा तुइन छ, न त पक्की पुल बन्न सकेको छ, न त झोलुङ्गे पुल बन्न सकेको छ । स्थानीय वीरसिंह रावलले लालीबगरमा स्थानीयलाई नदी वारपार गर्न तुइन तर्नु पर्दा ज्यान जोखिममा पर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “तुइन नतरे ४ घण्टा लामो बाटो हिँड्नुपर्छ । तुइन चढाँै, ज्यान कतिबेला कर्णाली नदीमा खस्ला भन्ने डर छ । हाल तुइन भएको क...