समाचार

सभामुख, ओली र लामिछानेमाथि कांग्रेस महामन्त्री शर्माले उठाए प्रश्न

सभामुख, ओली र लामिछानेमाथि कांग्रेस महामन्त्री शर्माले उठाए प्रश्न

राजनीति, समाचार
काठमाडौँ — कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रवि लामिछाने र सभामुख देवराज घिमिरेले पछिल्लो समय खेलेका भूमिका र दिएका अभिव्यक्तिबारे प्रतिनिधिसभा बैठकमा प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री शर्माले ओली र लामिछानेले कांग्रेस लक्षित गरी गरेका टिप्पणी र सभामुख घिमिरे विश्वासको मत लिने बेला खेलेको भूमिकाबारे प्रश्न उठाएका हुन् । एमाले अध्यक्ष ओलीले दिएको गिरीबन्धु जग्गामा कांग्रेसले कमिसन खाएको र अलोकतान्त्रिक दल भनेको विषयमा शर्माले जवाफ दिए । ओलीले कांग्रेसले गिरीबन्धुको ७० बिघा जग्गामा कमिसन खाएको अभिव्यक्ति दिएका थिए । त्यसबारे शर्माले भने,'यस अवधिमा गिरीबन्धु प्रकरणमा पूर्णपाठ सार्वजनिक भयो । कांग्रेसले केही कुनै टिप्पणी गरेका थिएनौं । हामी कसैले भनेका थिएनौं- पूर्व प्रधानम...
सिधाकुराको सामग्री ‘फेक’ प्रमाणित

सिधाकुराको सामग्री ‘फेक’ प्रमाणित

अन्तर्राष्ट्रिय, अपराध / प्रशासन, समाचार
काठमाडौँ — सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी, सञ्चार उद्यमी र पत्रकारसमेतलाई लाञ्छित गरी ‘सिधाकुरा डटकम’ मा ‘डार्क फाइल’ नाम दिएर प्रसारित सामग्री ‘फेक’ नै भएको पुष्टि भएको छ । ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ शीर्षकको सामग्री परिक्षणका लागि नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशाला पठाइएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अधिकारीले ‘डार्क फाइल’ नाम दिएर प्रसारित उक्त सामग्री ‘फेक’ भएको तथ्य प्रयोगशाला परीक्षणबाट पुष्टि भएको बताए । सीआईबी स्रोतका अनुसार प्रतिवेदनमा फेक अडियो बनाउने र प्रसारण गर्नेमाथि विद्युतीय कारोबार ऐन २०६३, मुलुकी अपाराध संहिता २०७४ का झूटा प्रमाण बनाउन नहुने भन्ने दफा र संहिताकै अमानवीय र अपमानजनक व्यवहार गर्न नहुने भन्ने कसुरमा अनुसन्धान गर्न गर्नुपर्ने राय पनि अद...
सर्वोच्चले मगायो लामिछानेविरुद्धको उजुरी

सर्वोच्चले मगायो लामिछानेविरुद्धको उजुरी

अपराध / प्रशासन, समाचार
काठमाडौँ — सहकारी बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रहरीमा परेको उजुरी सर्वोच्चले मगाएको छ । सहकारी बचत अपचलनमा प्रहरी अनुसन्धानमा गृहमन्त्रीले प्रभाव पार्ने विषयमा टुंगो गर्नुअघि उनीमाथि उजुरी परेको छ कि छैन भनेर सर्वोच्चले यकिन गर्न खोजेको छ । सहकारी बचत अपचलनमा लामिछानेविरुद्ध प्रहरीमा कुनै उजुरी नपरेको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र बदर गर्न तथा निष्पक्ष छानबिनका लागि उनलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा परेको रिटमा सुनुवाइ सुरु भएको छ । निष्पक्ष प्रहरी अनुसन्धानलाई सुनिश्चित गर्न गृहमन्त्री पदबाट निलम्बन गर्नुपर्ने माग गर्दै परेको रिटमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा आइतबार सुनुवाइ भएको हो । सर्वोच्चले लामिछानेविरुद्ध कास्की जिल्ला प्रहरी कार्यालयमा परेको पूरक जाहेरी झिकाउनसमेत आदेश दिएको छ । अदालतले लामिछानेउपर कास्कीको सूर्यदर्शन स...
बालेनसँग वडाध्यक्षको गुनासो : नगर प्रहरीले डकैती शैलीमा फाइल उठायो

बालेनसँग वडाध्यक्षको गुनासो : नगर प्रहरीले डकैती शैलीमा फाइल उठायो

राजनीति, समाचार
१८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा नगर प्रहरीको भूमिकाले विवाद सिर्जना भएको छ । २२ नम्बर वडाका अध्यक्ष चिनकाजी महर्जनले शुक्रबार काठमाडौं प्लाजामा भएको ३२औं नगर कार्यपालिका बैठकको एजेन्डा राख्नु अगाडि नै आफ्नो वडाबाट ‘डकैती शैली’ मा फाइल उठाएको भन्दै प्रश्न उठाएका थिए । ‘जानकारी बेगर नै ६–७ बोरामा फाइलहरु लिएर गयो ? यो कुन आधारमा लगिएको हो ? एउटा सेवाग्राहीले आफ्नै फाइनल लिन त निवेदन हाल्नुपर्छ तर यो कुन शैली हो ?,’ वडाध्यक्ष महर्जनले प्रश्न गरे, ‘यो कसले लग्यो ? कसको फाइल लग्यो ? कसको आदेशमा भएको हो ?’ उनले यो २२ नम्बर वडामा मात्रै भएको हो कि अन्य वडामा पनि भएको हो भन्ने प्रश्न गरे । ‘अध्ययन गर्न मन छ भने खाजा खुवाएर, चकटी ओच्छ्याएर फाइल अध्ययन गराउँछौं । तर, तरकारी जसरी फाइल कोचेर लगेको यो कुन आशय हो ? त्यसको जवाफ चाहिन्छ,’ महर्जनले भने । जवाफमा ...
बचतकर्ताले घेरे बुटवलको मञ्जुश्री सहकारी

बचतकर्ताले घेरे बुटवलको मञ्जुश्री सहकारी

अपराध / प्रशासन, समाचार, समाज / जिवनशैली
७ जेठ, बुटवल । भैरहवामा केन्द्रीय कार्यालय रहेको मञ्जुश्री बहुउद्देश्यीय सहकारीका बचतकर्ताले रकम फिर्ता माग्दै बुटवलस्थित शाखा कार्यालय घेराउ गरेका छन् । सहकारीले आइतबार तरलता अभावका कारण संस्थाको बुटवल शाखा काउन्टर सेवा बन्द गरेको सूचना जारी गरेपछि वचतकर्ताहरु सोमबार कार्यालय घेराउ गर्न पुगेका हुन् । बुटवल उपमहानगरपालिका– ११ कालिकानगरमा रहेको शाखा कार्यालय घेराउमा करिब २०० वचतकर्ता पुगेका थिए । सहकारीका अध्यक्ष खिमराज भण्डारी शाखा कार्यालयमा आउने सूचना पाएपछि वचतकर्ताहरु घेराउ गर्न पुगेका हुन् । शाखाका दुईजना कर्मचारीहरु भने यसअघि नै वचतकर्ताको सम्पर्कमा थिएनन् । यसअघि पनि वचतकर्ताले वचत रकम फिर्ता माग्दा पाएका थिएनन् । गेका थिए । बुटवल शाखाले चेक नसाटेपछि प्रधान कार्यालय भैरहवामा साट्न जाँदा पैसा दिन नमिल्ने भनेर फर्काएको बचतकर्ता पुनम जिसीले बताइन् । सहकारीका अध्यक्ष खिमराज ...
२३ करोड ऋणमा लामिछानेको हस्ताक्षरसहित लेखापरीक्षण प्रतिवेदन

२३ करोड ऋणमा लामिछानेको हस्ताक्षरसहित लेखापरीक्षण प्रतिवेदन

अपराध / प्रशासन, राजनीति, समाचार
काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट आएको ऋणबारे आफूलाई कुनै जानकारी नभएको र त्यसप्रति आफ्नो उत्तरदायी नहुने दाबी संसद्मा पनि दोहोर्‍याएका छन् । उनले ऋण प्रमाणित हुने कुनै कागजमा हस्ताक्षर भए देखाउन चुनौती पनि दिएका छन् । २३ करोड ऋणमा लामिछानेको हस्ताक्षरसहित लेखापरीक्षण प्रतिवेदन तर, गोर्खा मिडिया नेटवर्क प्रालिको २२ करोड ७८ लाख ऋण रहेको भन्दै तत्कालीन प्रबन्ध निर्देशकका रूपमा लामिछानेले हस्ताक्षर गरेर कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाएको लेखापरीक्षण प्रतिवेदन भेटिएको छ । ग्यालेक्सी टेलिभिजन चलाउने गोर्खा मिडिया नेटवर्क प्रालिमा लामिछानले स्वेट सेयर (पसिनाको मूल्य) मात्र पाएको र कम्पनीको दायित्व आफूमा नआउने दाबी गर्दै आएका छन् । तर, बुटवलको सुप्रिम सहकारीबाट दुई करोड रुपैयाँ लिएका लामिछानेले त्यही बैंक स्टेटमेन्ट कम्पनी रजि...
मर्यादाहीन मोलमोलाइमा गृहमन्त्री

मर्यादाहीन मोलमोलाइमा गृहमन्त्री

राजनीति, समाचार
काठमाडौँ — ‘मेरो राजनीतिक स्तरबाट निकै तल ओर्लिएको यहाँहरूलाई महसुस हुन्छ भने एकैछिनका लागि मलाई त्यहाँ जान पनि अनुमति दिनुहोला ।’ लामो प्रतीक्षापछि जननिर्वाचित संसद्मा बोल्न उभिएका देशका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक स्तरबाट निकै तल ओर्लन अनुमति मागे । सार्वजनिक संवादमा उनले ‘पार्टी सभापति र व्यक्तिगत स्तर’ को बेवास्ता गर्न थालेको त धेरै भइसक्यो । तर, आइतबार संसद्मा उनको यही ‘डिस्क्लेमर’ ले देशका उपप्रधान तथा गृहमन्त्रीको स्तर पनि तल ओरालेको छ, यो पक्कै पनि चिन्ताको विषय हो । मर्यादाहीन मोलमोलाइमा गृहमन्त्री गृहमन्त्रीले त्रिचन्द्र कलेजको पार्क निर्माण, त्रिविको वेबसाइट डिजाइन, बाख्रा पालन, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति, रातो पासपोर्ट, वाइडबडी जहाज, नक्कली भुटानी शरणार्थी, टीकापुरको जग्गा विषय मात्र होइन, देशका संवेदनशील सूचना विदेश...
ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक

ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक

अपराध / प्रशासन, समाचार
काठमाडौँ — ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । खोटाङको मझुवागढी नगरपालिका-१ घर भई हाल काठमाडौं टोखा नगरपालिका-१० गोंगबुको गणेशस्थान बस्दै आएका ३२ वर्षीय घिमिरे नेपाल प्रहरीमा कार्यरत थिए । ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक तस्बिर : रासस घर जाने बाटोको प्राविधिक पक्षहरूको विश्लेषण गर्दा विगतमा चोरी, लुटपाट, कुटपिटलगायतका अपराधमा संलग्न व्यक्तिहरूलाई शंकाको घेरामा ल्याइ अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न व्यक्तिलाई काठमाडौं महानगरपालिका-१६ स्थित अष्टनारायण हलपछि र बाइसधारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउन्ड हवाई फायर गरी पक्राउ गरिएको प्रहरीले बताएको छ । पत्रकार सम्मेलनका क्रममा आइतबार काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले भक्तपुरको चाँगुनारायण-१ घर भई हाल बा...
मुस्ताङमा विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर

मुस्ताङमा विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर

समाचार, समाज, समाज / जिवनशैली
६ जेठ, म्याग्दी । जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण गर्दा पुल एकातिर र नदी अर्कैतिर बग्ने अवस्था बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण गरिएका पक्की पुलमा पनि देख्न सकिन्छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यस सडक खण्डअन्तर्गत कालीगण्डकीका सहायक नदीमा निर्माण गरिएका कतिपय पक्की पुल प्रयोजनहीन बन्न पुगेका छन् भने अर्को स्थानमा पुल निर्माण गर्नुपर्ने अवस्था सिर्जना भएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पाण्डाखोलामा २०७६ सालमा ५० मिटर लामो पक्की पुल, दुई वटा कल्भर्ट र १०० मिटर पहुँचमार्ग निर्माण भएको थियो । बेनी–जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत तत्कालीन अवस्थामा मुस्ताङ कार्यक्षेत्र भएको सडक डिभिजन कार्यालय बागलुङमार्फत पाण्डा लुप्रा खोला मोटरेबल पुल निर्माणका लागि २०७३ सालमा लोकप्रिय शङ्कर माली जेभीले रु नौ...
जता रुखको छाया, उतै कक्षाकोठा

जता रुखको छाया, उतै कक्षाकोठा

शिक्षा, समाचार
रुकुमपश्चिम, जेठ ३ गते । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–४ स्थित इन्द्रज्योति आधारभूत विद्यालयमा ७५ जना बालबालिका अध्ययनरत छन् । उनीहरूको कक्षाकोठा भनेको रुखको छहारी हो । घामलाग्दा रुखमुनि पढाइ हुन्छ, पानी पर्दा भने पढाइ हुँदैन । घामका कारण रुखको छाया जताजता सर्छ, उतै उतै विद्यार्थी सारेर पढाइ हुने गरेको छ । गत चैत १७ गतेको हावाहुरीले विद्यालयको छाना उडाएपछि उनीहरूको पठनपाठन रुखकै छहारीमा हुने गरेको छ । विद्यालयको तीनकोठे भवन डेढ महिनासम्म पनि मर्मत हुन सकेको छैन । मर्मतसम्भार हुनुको साटो थप लथालिङ्ग बन्दै गएको छ । गत कात्तिक १७ गतेको भूकम्पबाट जोगिएको विद्यालय भवनको छाना हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या भएको हो । कक्षा १ मा अध्ययनरत छात्रा रितु चनेलले विद्यालय भवन नहुँदा विद्यालयनजिकैको सल्लाको रुखमुनि बसेर पढ्ने गरेको बताउनुभयो । कक्षा २ मा अध्ययनरत छात्र माइकल विष्टले विद्यालयमा...