समाचार

भुक्तानी खोज्दा फेला परेको थियो ६ किलो सुन, मुस्ताङबाट नेपाली नागरिकता लिएका चिनियाँ नागरिक पक्राउ

भुक्तानी खोज्दा फेला परेको थियो ६ किलो सुन, मुस्ताङबाट नेपाली नागरिकता लिएका चिनियाँ नागरिक पक्राउ

अन्तर्राष्ट्रिय, अपराध / प्रशासन, समाचार
३ असार, काठमाडौं। ६ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक क्रिप्टोको कारोबारी रहेको खुलेको छ । सुनको भुक्तानी क्रिप्टोमार्फ भएको देखिएपछि चिनियाँ नागरिक सोनाम गुरुङको संलग्नता खुलेको थियो । सेराप र शेरब ग्याल्बो नाम बताउने चिनियाँ नागरिक ३७ वर्षीय सोनामलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले आइतबार राति पक्राउ गरेको हो । यसअघि सुन तस्करीको आरोपमा भारतीय नागरिक सिद्धार्थ भनिने सिद्धनाथ अशोक गायकवाडलाई सीआईबीले पक्राउ गरेको थियो । उनीमाथिकै अनुसन्धानमा सुनको भुक्तानी क्रिप्टोमार्फत सोनमलाई गर्ने गरेको खुलेपछि सीआईबीले आइतबार राति काठमाडौं-६ स्थित उनको डेराबाट पक्राउ गरेको हो । सीआईबी स्रोतका अनुसार सिदार्थको मोबाइलमा भेटिएका कुराकानीले सुनको भुक्तानी सोनमलाई क्रिप्टोमार्फत गरेको खुलेपछि प्रहरी उनको डेरामा पुगेको थियो । टेपले बेरेर राखेको अवस्थामा प्रहरीले ६ वटा ...
कुकुरको बच्चालाई तड्पाउँदै हत्या गर्ने तीन जना पक्राउ

कुकुरको बच्चालाई तड्पाउँदै हत्या गर्ने तीन जना पक्राउ

समाचार, समाज / जिवनशैली
काठमाडौं । कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुर्ने तीन जनालाई प्रहरीले इलामबाट पक्राउ गरेको छ । पशु कल्याण संघ काठमाडौंले दिएको जाहेरीको आधारमा उनीहरुलाई इलामको देउमाई नगरपालिकाको जितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । भिडियो बनाउने हेतुले ती युवकहरुले कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गरेको भिडियो भाइरल भएको थियो । सुगम मोराहाङ लिम्बू नामको फेसबुक एकाउन्टमा उक्त भिडियो पोस्ट भएको थियो, जुन अहिले हटाइएको छ । ‘कुकुरको बच्चालाई क्रूरतापूर्वक मारेको देखिन्छ,’ पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठले भनिन्, ‘यो हदसम्मको अपराध गर्नेहरुलाई प्रचलित कानुनअनुसार दण्ड सजाय हुनैपर्छ ।’ संघले काठमाडौंबाट प्रतिनिधि पठाएर जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दर्ता गराएको थियो । के हुन्छ सजाय ? नेपालको प्रचलित कानुनले कुनैपनि पशुप्राणीलाई निर्दयी व्यवहार गर्न...
काठमाडौंको गर्मी ३५ वर्षयताकै उच्च, मनसुन बल्ल मधेशमा

काठमाडौंको गर्मी ३५ वर्षयताकै उच्च, मनसुन बल्ल मधेशमा

समाचार, समाज, समाज / जिवनशैली
२ असार, काठमाडौं । काठमाडौंको गर्मी ३५ वर्षयताकै उच्च भएको छ । शनिबार काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस रेकर्ड भएको छ । यो २०४६ सालयताको सबैभन्दा उच्च अधिकतम तापक्रमको रेकर्ड हो । काठमाडौंमा २०४६ साल वैशाख २५ गते अर्थात् सन् १९८९ मे ७ तारिकको दिन अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन भएको थियो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरले अनलाइनखबरसँग भनिन्, ‘१९८९ मे ७ पछि हिजो (असार १ गते) उच्च गर्मीको रेकर्ड रह्यो ।’ जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार विगत विगत ३० वर्षको तथ्यांकलाई आधार मानेर हेर्दा जुन महिनामा काठमाडौंको सरदर अधिकतम् तापक्रम २९.४ डिग्री सेल्सियस हो । तर त्यो सरदर अधिकतम तापक्रमको रेकर्ड गत वर्षदेखि नै तोडिँदै गएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमको रेकर्ड राख्न थालिएको वर्ष सन् १९६८ देखि ...
पाइलट लामाले पटक-पटक कानुन उल्लंघन गरेको छानबिन समितिको निष्कर्ष

पाइलट लामाले पटक-पटक कानुन उल्लंघन गरेको छानबिन समितिको निष्कर्ष

अन्तर्राष्ट्रिय, समाचार, समाज
काठमाडौँ — उडान तथा यात्रु सुरक्षाका लागि निषेध गरिएका गतिविधि पटक-पटक दोहोर्‍याएको जनाउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगममा करारमा कार्यरत पाइलट विजय लामालाई कारबाही गर्ने भएको छ । पाइलट लामाले पटक-पटक कानुन उल्लंघन गरेको छानबिन समितिको निष्कर्ष प्राधिकरणले तोकेका संवेदनशील क्षेत्रमा हवाई सुरक्षालाई बेवास्ता गर्दै लामाले भिडियो/फोटोग्राफी गरेको अभियोगमा जेठ २१ गते निगमलाई उडानमा नराख्न निर्देशन दिँदै उनीसहित दुई जना पाइलटलाई ग्राउन्डेड गरेको थियो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन तथा प्राधिकरणले निर्धारण गरेका मापदण्ड तथा सिफारिसको परिपालना नभएको अभियोगमा प्राधिकरणले उड्डयन सुरक्षा विभागका निर्देशक विक्रमराज गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो । समितिमा संलग्न एक अधिकारीका अनुसार, ग्राउन्डेड गरिएका दुईमध्ये क्याप्टेन भावना गिरीलाई कारबाही ग...
बजेटको मन्त्रालयगत छलफल अवधिभर सांसदहरुले छुट्टी नपाउने

बजेटको मन्त्रालयगत छलफल अवधिभर सांसदहरुले छुट्टी नपाउने

आर्थिक / ब्यापार, राजनीति, समाचार
२९ जेठ, काठमाडौं । बजेटको मन्त्रालयगत छलफलमा सांसदहरुले छुट्टी नपाउने भएका छन् । प्रतिनिधि सभामा आजदेखि बजेटको मन्त्रालयगत छलफल सुरु हुँदैछ । असार ७ गतेसम्म हरेक दिन निरन्तर छलफल चलाउने र बजेट पारित गरेपछि मात्रै प्रतिनिधि सभाको अर्को बैठकका लागि केही दिन ग्याप राख्ने गरी संसदीय क्यालेन्डर तय भएको छ । संसद सचिवालयले तयार पारेको क्यालेन्डर अनुसार असार ७ गते बजेट पारित भएपछि पाँच दिन छुट्टी पाउनेछन् । असार ७ गतेपछि प्रतिनिधि सभाको अर्को बैठक असार ११ गते राख्ने कार्यतालिका छ । मंगलबार प्रतिनिधि सभामा मंगलबार चार वटा मन्त्रालय अन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । जसमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय रहेका छन् । बुधबार सहरी विकास, रक्षा, महिला, बालबालिका त...
असार ७ गते बजेट पारित गर्ने तयारी

असार ७ गते बजेट पारित गर्ने तयारी

आर्थिक / ब्यापार, समाचार
२९ जेठ, काठमाडौं । प्रतिनिधि सभाबाट असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी छ । संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ । अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए । बजेटमाथि सामान्य छलफल सकिएको छ । आज मंगलबारदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु हुँदैछ । मंगलबार चारवटा मन्त्रालयअन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । जसमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय रहेका छन् । असार ७ गतेसम्म बजेटको शीर्षकगत छलफल चल्नेछ । सोही दिन बजेट पारित गर्ने संसदीय क्यालेन्डरमा उल्लेख ...
गण्डकी मन्त्रिपरिषद विस्तार : फणिन्द्रलाई ऊर्जा र मनाङेलाई भौतिक

गण्डकी मन्त्रिपरिषद विस्तार : फणिन्द्रलाई ऊर्जा र मनाङेलाई भौतिक

राजनीति, समाचार
२९ जेठ, काठमाडौं । गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार भएको छ । नवनियुक्त मन्त्रीद्वय फणिन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले ह्वीप जारी भए पनि सुरेन्द्रराजलाई विश्वासको मत दिएका थिए । मनाङका स्वतन्त्र सांसद मनाङे गण्डकीमा छैटौं पठक मन्त्री भएका छन् ।...
दाउन्नेमा हिलो र लेदोले सडक अवरुद्ध

दाउन्नेमा हिलो र लेदोले सडक अवरुद्ध

समाचार, समाज / जिवनशैली
परासी — बुधबार रातिदेखि परेको वर्षाको कारण पूर्वपश्चिम राजमार्ग अर्न्तगत पूर्वी नवलपरासीको दाउन्ने सडक खण्ड अवरुद्ध बनेको छ । दाउन्ने सडकको आर्धा दर्जन भन्दा बढी स्थानमा स-साना पहिरो र सडकमा भल बग्दा आज बिहान ५ बजेबाट सडक अवरुद्ध भएको हो । नारायणगण बुटवल सडक खण्ड विस्तारको क्रममा सडकको अवस्था जिर्ण हुँदा भलले गर्दा सामान्य वर्षामा पनि घण्टौ सडक जाम हुने गरेको छ । सडक अवरुद्ध हुँदा पूर्व र पश्चिम तर्फ जान लागेका सवारी र यात्रु अलपत्र परेका छन् । ठूला र मालबहाक सवारीलाई पश्चिममा बर्दघाट र पूर्वमा दुम्कीबासमा रोकिएको छ । पहिरो र सडकमा जमेको लेदो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बेदबहादुर पौडेलले बताए । यसैगरी गैंडाकोटको थुम्सीमा पनि डाइभसर्नमा हिलोले सवारी सञ्चालन गर्न कठिनाइ भइरहेको छ । सडक एकतर्फी सञ्चालनमा आएको छ उनले बताए । सडक विस्तारको क्रममा दाउन्ने डाँड...
सभामुख, ओली र लामिछानेमाथि कांग्रेस महामन्त्री शर्माले उठाए प्रश्न

सभामुख, ओली र लामिछानेमाथि कांग्रेस महामन्त्री शर्माले उठाए प्रश्न

राजनीति, समाचार
काठमाडौँ — कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रवि लामिछाने र सभामुख देवराज घिमिरेले पछिल्लो समय खेलेका भूमिका र दिएका अभिव्यक्तिबारे प्रतिनिधिसभा बैठकमा प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री शर्माले ओली र लामिछानेले कांग्रेस लक्षित गरी गरेका टिप्पणी र सभामुख घिमिरे विश्वासको मत लिने बेला खेलेको भूमिकाबारे प्रश्न उठाएका हुन् । एमाले अध्यक्ष ओलीले दिएको गिरीबन्धु जग्गामा कांग्रेसले कमिसन खाएको र अलोकतान्त्रिक दल भनेको विषयमा शर्माले जवाफ दिए । ओलीले कांग्रेसले गिरीबन्धुको ७० बिघा जग्गामा कमिसन खाएको अभिव्यक्ति दिएका थिए । त्यसबारे शर्माले भने,'यस अवधिमा गिरीबन्धु प्रकरणमा पूर्णपाठ सार्वजनिक भयो । कांग्रेसले केही कुनै टिप्पणी गरेका थिएनौं । हामी कसैले भनेका थिएनौं- पूर्व प्रधानम...
सिधाकुराको सामग्री ‘फेक’ प्रमाणित

सिधाकुराको सामग्री ‘फेक’ प्रमाणित

अन्तर्राष्ट्रिय, अपराध / प्रशासन, समाचार
काठमाडौँ — सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी, सञ्चार उद्यमी र पत्रकारसमेतलाई लाञ्छित गरी ‘सिधाकुरा डटकम’ मा ‘डार्क फाइल’ नाम दिएर प्रसारित सामग्री ‘फेक’ नै भएको पुष्टि भएको छ । ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ शीर्षकको सामग्री परिक्षणका लागि नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशाला पठाइएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अधिकारीले ‘डार्क फाइल’ नाम दिएर प्रसारित उक्त सामग्री ‘फेक’ भएको तथ्य प्रयोगशाला परीक्षणबाट पुष्टि भएको बताए । सीआईबी स्रोतका अनुसार प्रतिवेदनमा फेक अडियो बनाउने र प्रसारण गर्नेमाथि विद्युतीय कारोबार ऐन २०६३, मुलुकी अपाराध संहिता २०७४ का झूटा प्रमाण बनाउन नहुने भन्ने दफा र संहिताकै अमानवीय र अपमानजनक व्यवहार गर्न नहुने भन्ने कसुरमा अनुसन्धान गर्न गर्नुपर्ने राय पनि अद...