समाचार

धावनमार्गमै विमानमा आगो लागेपछि‍‍‍…

धावनमार्गमै विमानमा आगो लागेपछि‍‍‍…

समाचार
रोम । बिहीबार इटलीको एउटा विमानस्थलमा धावनमार्गमा उड्नै लागेको बोइङको विमानमा आगो लागेको छ । घटना दक्षिणी इटलीको ब्रिन्दसी विमानस्थलको हो । घटनाको समयमा र्यानएयरको उक्त यात्रुबाहक विमानमा १८० जनाभन्दा धेरै यात्रु थिए । बोइङको अर्को एउटा विमानमा अवतरणको समयमा मिलान बेर्गामो विमानस्थलमा टायर पड्किएको घटना भएको दुई दिनपछि यो घटना भएको हो । विमानमा आगो लाग्दा कयौँ घण्टासम्म विमानस्थल अस्थायी रूपमा बन्द भएको ब्रिन्दसी विमानस्थलका प्रवक्ताले पनि पुष्टि गरेका छन् । घटनाको समयमा विभानभित्र १८४ जना यात्रु रहेको र्यानएयरले भनेको छ । घटनापछि सबै यात्रुको सकुशल उद्धार गरिएको बताइएको छ । विमान इटलीको टुरिन सहरतिर जाँदै थियो । विमानको पाङ्ग्राबाट धुवाँ आइरहेको क्याबिन क्रुले देखेपछि विमानको उडानमा ढिलाइ गरिएको भन्दै कम्पनीले एउटा विज्ञप्तिमा भनेको छ । पछि सो विमानको सट्टा अर्कोमा हालेर यात्रुहरूला...
इरान र इजरायलबिच बढ्दो तनावले बढ्दै छ तेलको भाउ

इरान र इजरायलबिच बढ्दो तनावले बढ्दै छ तेलको भाउ

अन्तर्राष्ट्रिय, समाचार
न्यूयोर्क । विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ । इजरायल र इरानबिच जारी तनावबिच शुक्रबार कच्चा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्कको भाउ मूल्य ५ प्रतिशतले बढेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रतिक्रिया पछि तेलको भाउ बढेको हो । गएको सोमबार इजरायलले इरानमाथि मिसाइल आक्रमण गरेयता ब्रेन्ट क्रुडको भाउ १० प्रतिशतले बढिसकेको छ । आफ्नो बयानमा उनले इजरायलले इरानको तेल अड्डामा आक्रमण गर्ने सम्भावनाबारे छलफल गरिरहेको बताएका थिए । त्यसपछि पत्रकारहरूले उनलाई कच्चा तेलको मूल्य बढेको विषयमा इजरायललाई इरानको तेल प्रशोधन केन्द्रमा आक्रमण नगर्न आग्रह गरिरहनुभएको हो भनेर सोधेका थिए । ‘मलाई थाहा छ यो सार्वजनिक रूपमा छलफल गर्नु हुँदैन ।’ जवाफमा बाइडेनले भनेका थिए । यस्तो हमलाले तेलको मूल्य बढाउन सक्छ कि भनेर सोध्दा उनले ‘आँधीका तुफानका कारण पनि मूल्य बढ्न सक्छ’ भनेर भनेका थिए । बाइडेन दक्षिण–पश्चिम...
‘गैंडाज्’ र ‘डाँफेज्’जस्ता शब्दलाई स्थापित गर्नुपर्छ : एमाले महासचिव पोखरेल

‘गैंडाज्’ र ‘डाँफेज्’जस्ता शब्दलाई स्थापित गर्नुपर्छ : एमाले महासचिव पोखरेल

समाचार
१८ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका भ्रमणका क्रममा भनेका ‘गैंडाज्’ र ‘डाँफेज्’जस्ता शब्दलाई स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्ने बताएका छन् । ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित नहुने भन्दै महासचिव पोखरेलले विश्वज्ञान सिद्धान्तको विकासमा एशियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नुपर्ने उल्लेख गरेका छन् । संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन अमेरिका गएका बेला प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा ‘गैंडाज्’ र ‘डाँफेज्’ शब्द प्रयोग गरेका थिए । त्यसपछि सामाजिक सन्जालमा उनलाई ट्रोल बनाइएको थियो । यसै सन्दर्भमा शुक्रबार एमाले महासचिव पोखरेलले प्रधानमन्त्रीलाई अंग्रेजी नआएको भनेर उडाउने प्रयास भइरहेको गुनासो सामाजिक सन्जाल फेसबु...
राजेन्द्र लिङ्देनले अमानवीय निर्णय गरेः डा लोहनी

राजेन्द्र लिङ्देनले अमानवीय निर्णय गरेः डा लोहनी

राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले अध्यक्ष राजेन्द्र लिङ्देनले अमानवीय निर्णय गरेको आरोप लगाएका छन् । लिङ्देनले बिहीबार विभागका प्रमुखहरुको जिम्मेवारी हेरफेर गर्दै महामन्त्री डा धवलशमशेर राणालाई समेत सङ्गठन विभाग प्रमुखबाट हटाएका थिए । राणा बिरामी भएर विदेशमा उपचार गर्न गएका बेला प्रमुखबाट हटाउने कार्य अविवेकी र अमानवीय निर्णय भएको लोहनीको टिप्पणी छ । उनले बिरामी सहकर्मीलाई तनाव दिने कार्यप्रति दुःख व्यक्त गर्दै लिङ्देनको निर्णयप्रति असहमति रहेको स्पष्ट पारेका छन् । फेसबुकमार्फत लोहनीले भनेका छन्, ‘राप्रपाका सांसद तथा महामन्त्री धवल शमशेर बिरामी भएर विदेशमा उपचार गराउँदै हुनुहुन्छ । यस्तो बेलामा उहाँलाई सङ्गठन विभागको प्रमुखबाट हटाउनु अविवेकी तथा अमानवीय निर्णय हो र बिरामी साथीलाई तनाव दिने काम मात्र हो । यो निर्णयप्रति म दुःख...
पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित होइन : शंकर पोखरेल

पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित होइन : शंकर पोखरेल

समाचार
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ज्ञान र सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित नभएको बताएका छन् । महासचिव पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका भ्रमणका क्रममा अङ्ग्रेजी भाषणमा ‘डाँफेज’ र ‘गैँडाज्’ शब्द प्रयोग गरेको सन्दर्भमा सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई ती शब्दको अङ्ग्रेजी नआएको भनेर उडाउने प्रयास भइरहेको भन्दै पश्चिममाकरणको मान्यता मात्र ठिक भन्न नहुने बताएका हुन् । प्रधानमन्त्रीले प्रयोग गरेका शब्दलाई लिएर सामाजिक सञ्जालमा बहस समेत चलाउने प्रयास भइरहेको पनि पोखरेलले बताएका छन् । ‘तर प्रधानमन्त्रीले केही समय पहिले नेपालमा नै अङ्ग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरूलाई सम्बोधन गर्ने क्रममा नै डाँफे र गैँडालाई अङ्ग्रेजीमा समेत नेपाली नामवाटै सम्बोधन गर्नु उचित हुने विषय उठाउनु भएको थियो’, शुक्रबार सामाजिक सञ्जाल फेसबु...
दशैं अशुभ हुने भयले जमरा राख्दैनन् बागलुङका माझी समुदाय

दशैं अशुभ हुने भयले जमरा राख्दैनन् बागलुङका माझी समुदाय

समाचार, समाज, स्थानिय तह / प्रदेश
१८ असोज, गलकोट (बागलुङ) । हिन्दूहरूको महान् पर्व बडादशैंको पहिलो दिन घरघरमा जमरा राखी घटस्थापना गरिएको छ । जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङग्याउने प्रचलन छ । घटस्थापनाका दिन राखेको जमरा विजयादशमीका दिन टीकासँगै मान्यजनको हातबाट लगाउने चलन छ । तर बागलुङका सीमान्तकृत माझी समुदायले भने वर्षौँदेखि घटस्थापनाविना नै दशैं मनाउने अनौठो परम्परालाई निरन्तरता दिएका छन् । उनीहरूले अनिष्टको भयले जमरा नराखी दशैं मनाउँदै आएका छन् । देवीलाई जौँको जमरा मन पर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छर्ने र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन रहिआएको भए पनि बागलुङ नगरपालिका–१ रामरेखाका खनियाबासका माझी समुदायले भने वर्षौंदेखि जमराबिना नै दशैं मनाउने गरेको पाइएको छ । माझी समुदायले घरमा जमरा राखे दशैं नै अशुभ हुने परम्परागत मान्यतका आधारमा जमरा नराखी दशैं ...
वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छ : प्रचण्ड

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छ : प्रचण्ड

समाचार
१८ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने बताएका छन् । अहिले पहाडी क्षेत्रमा पहिरो र तराई तथा शहरी क्षेत्रमा डुबानको सबैभन्दा बढी जोखिम अव्यवस्थित वस्ती र पूर्वाधारकै कारण देखिएको भन्दै प्रचण्डले बाढी, पहिरो, डुबान, भूकम्पलगायत सबैखाले विपतबाट बच्न भौगर्भिक अध्ययनका आधारमा मात्र वस्ती विकास र पूर्वाधार निर्माण गर्न उपयुक्त हुने बताएका हुन् । माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपत् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्दै उनले आफूले पहिलोपटक प्रधानमन्त्री भएदेखि व्यवस्थित वस्ती विकास र पूर्वाधार निर्माणमा जोड दिंदै आएको बताए । यो प्रतिवेदन महत्वपूर्ण अध्ययन सामग्री हुने उल्लेख गर्दै उनले यसका आ...
नवरात्रमा पनि सुनसान पाथीभरा

नवरात्रमा पनि सुनसान पाथीभरा

समाचार
१८ असोज, ताप्लेजुङ । हरेक वर्ष नवरात्रमा सधै भक्तजनको भीडभाड हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान छ । हालैको बाढी र पहिराले मेची राजमार्ग र अन्य सडक अवरुद्ध हुँदा दर्शनार्थी घटेका हुन् । बडादशैंको पहिलो दिन घटस्थापनामा ६३ जना दर्शनार्थी पाथीभरामा पुगेका छन् । गत वर्ष सोही दिन एक हजार एक सय ४८ जना दर्शनार्थीले पूजार्चना गरेका थिए । बाढीले मेची राजमार्गअन्तर्गत हेवाखोलाको बेलीब्रीज बगाएपछि यातायात अवरोध भएको छभने तमोर करिडोरमा पहिरो खसेपछि यातायातका साधन चलेका छैनन् । देशका प्रमुख शक्तिपीठमध्येको एक पाथीभरामा बडादशैं र चैतेदशैंमा धेरै भक्तजन आउने गरेका छन् । विगतमा भारतका साथै मुलुकका विभिन्न स्थानबाट वार्षिक तीन लाख भक्तजन आउने गरेका थिए । @अनलाइनखबर...
बाढीपहिरोमा परी २३६ जनाको मृत्यु, १० हजार बढी विस्थापित

बाढीपहिरोमा परी २३६ जनाको मृत्यु, १० हजार बढी विस्थापित

समाचार
१८ असोज, काठमाडौं । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ । गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा २३६ जनाको मृत्यु भएको हो । अझै १९ जना बेपत्ता छन् । घाइतेहरुको संख्या १६५ छ । बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार जनाको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । ९१० जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । बाढीपहिरोबाट सडक, पुल लगायतका संरचनाहरुमा करोडौंको क्षति पुगेको छ । बीपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । भौतिक पूर्वाधार मन्त्रालयले बीपी राजमार्ग दशैं अघि सन्चालनमा ल्याउन कठिन हुने जनाएको छ । यसैगरी राजधानी काठमाडौंलाई अन्य जिल्लाहरुसँग जोड्ने अर्को मुख्य राजमार्ग पृथ्वी राजमार्गमा पनि दर्जनौं ठाउँमा गएको पहिरोले क्षति पुगेको छ । यातायातका साधन सहज ...
दोहामा रहेकी परराष्ट्रमन्त्री डा राणा विभिन्न द्विपक्षीय भेटवार्तामा व्यस्त

दोहामा रहेकी परराष्ट्रमन्त्री डा राणा विभिन्न द्विपक्षीय भेटवार्तामा व्यस्त

समाचार
काठमाडौँ । कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा त्यहाँ विभिन्न द्विपक्षीय भेटवार्ताहरूमा व्यस्त रहेकी छिन् । सो सम्मेलनको ‘साइडलाइन’ मा परराष्ट्रमन्त्री डा राणाले बिहीबार विभिन्न देशका उपप्रधानमन्त्री, विदेशमन्त्री एवम् मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गरेकी हुन्। सो सम्मेलनमा एसिडी समूहमा आबद्ध एसियाली राष्ट्रहहरुका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, विदेशमन्त्री तथा मन्त्रीहरुको सहभागिता रहेको छ । सो सम्मेलनलाई सम्बोधनपछि मन्त्री डा राणाले बिहीबार किर्गीज गणतन्त्रका उपप्रधानमन्त्री एदिल बैसालभ, म्यानमारका उपप्रधानमन्त्री तथा विदेशमन्त्री यु थान स्वे, साउदी अरेबियाका युवराज एवं विदेशमन्त्री फाइसल बिन फराह अल साउदसँग भेटवार्ता गरिन् । त्यसैगरी मन्त्री डा राण...