समाचार

मोरङमा क्रसरको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

मोरङमा क्रसरको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

समाचार, स्थानिय तह / प्रदेश
१७ असोज, विराटनगर । मोरङमा क्रसरले बनाएको खाल्डोमा डुबेर २ बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार केराबारी गाउँपालिका–८ मा रहेको कृष्ण क्रसरले बनाएको खाल्डोमा डुबेर बिहीबार दुई बालकको मृत्यु भएको हो । मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार केराबारी–८ का तोयानाथ चौलागाईंका छोरा ६ वर्षीय रामचरण र १० वर्षीय भूपेनको खाल्डोमा डुबेर मृत्यु भएको हो । कृष्ण क्रसर केराबारी गाउँपालिका पूर्वपालिका अध्यक्ष रोहित कार्कीसहितको समूहले सञ्चालन गर्छ । क्रसर उद्योगको परिसरबाट केहीदिनअघि ढुंगागिटी निकाल्दा खाल्डो बनेको थियो । सो खाल्डो नपुर्दा दुई बालकको मृत्यु भएको हो । प्रहरीका अनुसार रामचरणको शव साढे ३ बजे पोखरीमा फेला परेको थियो । उनका दाजु भूपेन बेपत्ता थिए, प्रहरीले खाल्डोमा खोजी गर्ने क्रममा साँझ भूपेनको पनि शव फेला परेको थियो । सुरुमा फेला परेको शवलाई प्रहरीले पोष्टमार्टमका लागि विप...
हात्तीको आक्रमणबाट माउतेको मृत्यु

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

समाचार
भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ । पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो । “खोरसोर नजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदोरहेछ । सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गर्दा उहाँको मत्यु भयो”, निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरले भने । जग्दुका साथमा रहेका एक जना भने भागेर बाँच्न सफल भएको मगरले जानकारी दिए । @रासस...
सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै

सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै

समाचार
तनहुँ । सडक निर्माण भएको २५ वर्षपछि भिमाद नगरपालिका–१ भएर बग्ने कुलुङखोलामा पक्की पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा पुल निर्माण प्रारम्भ भएको हो । गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आलेले उक्त पुलको बिहीबार शिलान्यास गरे । भौतिक पूर्वाधार विकास मन्त्रालयको रु सात करोड ७३ लाख ६४ हजार तीन सय ८२ को लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । पुलका लागि चालु आर्थिक वर्षमा रु दुई करोड १६ लाख ५६ हजार विनियोजन भएको छ । उक्त मन्त्रालयका अनुसार ७४।२० मिटर लामो आगामी २०८३ असार ९ गते सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको छ । यसैबीच, व्यास नगरपालिका–३ मा सात वर्षदेखि अलपत्र तत्कालीन महिला विकास तथा बालबालिका कार्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले भवन बनाउन रु ६५ लाख विनियोजन गरेको सामाजिक विकास कार्यालय...
विभाग प्रमुख र जिल्ला इन्चार्ज बन्न पदाधिकारीकै प्रतिस्पर्धा !

विभाग प्रमुख र जिल्ला इन्चार्ज बन्न पदाधिकारीकै प्रतिस्पर्धा !

समाचार
काठमाडौँ । नेकपा एकीकृत समाजवादीमा विभागीय प्रमुख र जिल्ला इन्चार्ज बन्न पदाधिकारी तथा केन्द्रीय सदस्यहरूबिच होडबाजी चलेपछि दसैँअघि कार्यविभाजन नहुने भएको छ । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको सात सदस्यीय कार्यदलले विभाग प्रमुख, ७७ जिल्ला इन्चार्ज, जनसंगठन प्रमुख र केन्द्रीय आयोग गठनको गृहकार्य गरे पनि नेताहरूले महत्त्वपूर्ण विभागको प्रमुख र केन्द्रीय सदस्यहरूले जिल्लाको इन्चार्ज आफैँ हुनुपर्ने अडान नछाडेपछि कार्यविभाजन गर्न कठिन भएको हो । गत साता कार्यदलको बैठक बसे पनि महत्त्वपूर्ण विभागहरू आर्थिक विभाग, संगठन विभाग, विदेश विभाग र प्रचार विभागमा पदाधिकारीबिच नै कुरा नमिल्दा निर्णय गर्न नसकिएको एक नेताले जानकारी दिए । ‘महत्त्वपूर्ण विभाग आफैँले राख्नुपर्छ भन्ने पदाधिकारीबिच नै लडाइँ छ’, ती नेताले भने, ‘यस्तो देखिएपछि बरु समय लगाएर भए पनि व्यापक छलफल गरेरमात्र निर्णयमा पुग्ने सोचमा...
दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

समाचार, समाज
१८ असोज, काठमाडौं । बडा दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । दशैंको पहिलो दिन हिजो घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि ...
भौतिक पूर्वाधार मन्त्रालयको निष्कर्ष : दशैं अगाडि बीपी राजमार्ग खुल्दैन

भौतिक पूर्वाधार मन्त्रालयको निष्कर्ष : दशैं अगाडि बीपी राजमार्ग खुल्दैन

समाचार
१६ असोज, काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको छ । मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो । त्यसको भोलिपल्ट बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले भने, ‘दशैं अगाडि खुल्ने अवस्था छैन भन्ने निष्कर्षमा हामी पुग्यौं ।’ वीपी राजमार्गको चौकीडाँडा–कालढुंगा खण्डमा मात्र १२ किलोमिटर सडक रोशी खोलाको बाढीले बगाएको छ । यो खण्डको लम्बाइ १८ किलोमिटर छ । त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले बगाएको छ र त्यहाँ पहाड काटेर सडक बनाउन सक्ने अवस्था पनि छैन । त्यसैले नदीमा पानीको बहाब कम भएपछि डाइभर्सन गरेर सडक सञ्चालन गर्ने प्रयास हुनेछ । सचिव शर्माका अनुसार अस्थायी रुपमा राजमार्ग सञ्चालन गर्न रोशी खोलाको वारिपारी गर्दै ट्र्याक खोल्न सकिन्छ । तर तीन चार ठाउँमा ख...
नेविसंघ राहत वितरणमा र तरुण दल सरसफाइमा खटियो

नेविसंघ राहत वितरणमा र तरुण दल सरसफाइमा खटियो

समाचार
१७ असोज, काठमाडौं । नेपाली कांग्रेसले विपदबाट प्रभावित नागरिकका लागि राहत, उद्धार र पुनर्स्थापनामा पार्टी कार्यकर्ता परिचालन गरेको छ । कांग्रेस भ्रातृसंस्था नेपाल विद्यार्थी संघ राहत वितरणमा र तरुण दल बाढीबाट क्षतिग्रस्त क्षेत्रको सरसफाइमा खटिएको छ । नेविसंघ संगठनको सबै काम छाडेर श्रमदानमा लागेको अध्यक्ष दुजाङ शेर्पाले बताए । राहतका लागि केन्द्रीय सदस्यबाट ५०० रुपैयाँ संकलन गरी सरकारी राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । तरुण दलले नक्खु क्षेत्रमा सरसफाइ सुरु गरेको छ । केन्द्रीय सदस्य अशोक झाका अनुसार घरबास गुमाएकाहरुलाई टहरा बनाउने ठाउँको भने टुंगो लागेको छैन । ‘सरसफाइ र बाटो खुलाउने काममा खटिएका छौं । टहरा बनाउनुपर्ने स्थानबारे निर्णय भइसकेको छैन’, उनले भने । गत आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले बाढी, पहिरो र डुवानबाट प्रभावितहरुको उद्धारमा सिंगो पार्टी परिचालन गर्न पूर...
राप्रपा संगठन विभाग प्रमुखमा बुद्धिमान, राजनीतिक विभागमा रवीन्द्र मिश्र

राप्रपा संगठन विभाग प्रमुखमा बुद्धिमान, राजनीतिक विभागमा रवीन्द्र मिश्र

समाचार
१७ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका नेताहरुको जिम्मेवारी हेरफेर र केही विभागमा प्रमुखको मनोनयन गरेका छन् । पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार संगठन विभागको प्रमुख वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, स्थानीय तह परिचालन विभागको प्रमुखको जिम्मेवारी वरिष्ठ नेता उपाध्यक्ष ध्रुबबहादुर प्रधानले पाएका छन् । यसअघि संगठन विभाग प्रमुखमा डा. धवलशमशेर राणा थिए भने बुद्धिमान राजनीतिक विभाग प्रमुख थिए । धवलशमशेर पार्टीको आन्दोलन परिचालन समितिको संयोजक छन् । त्यस्तै ध्रुवबहादुर प्रधान यसअघि प्रशिक्षण विभाग प्रमुख थिए । स्थानीय तह परिचालन विभागमा भने रोशन कार्की थिइन् । त्यस्तै राजनीतिक विभाग प्रमुखमा वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र, पर्यटन विभाग प्रमुखमा सहायक महामन्त्री बिजय खड्का, विपद व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उ...
मधेस सरकारले जनकपुरमा अत्याधुनिक शौचालय बनाउँदै

मधेस सरकारले जनकपुरमा अत्याधुनिक शौचालय बनाउँदै

समाचार
वीरगन्ज । मधेस प्रदेश सरकारले तीनवटा अत्याधुनिक शौचालय बनाउने भएको छ । प्रदेशको राजधानी सौन्दर्यीकरण कार्यक्रम अन्तर्गत जनकपुरमा प्रदेश सरकारले तीनवटा अत्याधुनिक शौचालय बनाउने भएको हो । तीन करोडको लागतमा उक्त शौचालयहरू निर्माण गर्ने योजना बनाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । शौचालय निर्माणका लागि आवश्यकता र प्राथमिकताका आधारमा स्थानको छनौट गर्ने कार्य अगाडि बढाइएको छ । त्यसका लागि अहिलेसम्म जनकपुरधामका बसपार्क, राम मन्दिरको दक्षिणी भाग र कभर्डहल तथा मणिपालको बिचमा जग्गा छनौट समेत गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । जानकी मन्दिर दर्शन गर्न तथा विभिन्न धार्मिक एवं सांस्कृतिक उत्सवमा सहभागी हुन आउने भक्तजनलगायतका लागि जनकपुरमा सुविधा सम्पन्न शौचालय नहुँदा सास्ती व्यहोर्नु परेको गुनासाहरू बढ्दै गएको थियो । जनगुनासा बढ्न थालेपछि प्रदेश सरकारले...
यस्तो छ देशभरका सडकको अवस्था

यस्तो छ देशभरका सडकको अवस्था

समाचार
काठमाडौँ । प्रहरीले उपत्यकाकासहित देशभरका सडकको अवस्थाबारे जानकारी गराएको छ । प्रहरीले बिहीबार साँझ ५ बजेसम्मको सडक यातायातको अवस्थाबारे जानकारी गराएको हो । प्रहरीका अनुसार काठमाडौँको नागस्थानबाट न्युरोडगेट हुँदै महांकालतर्फ जाने सवारी साधन क्युमा चलिरहेका छन् । किनमेलका लागि आएका मानिसहरूको भिडभाडका कारण क्युको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आवागमनको व्यवस्थापनका लागि ट्याक्सी र सामान बोक्ने सवारी साधनलाई न्युरोड गेटबाट जुद्दशालिकतर्फ जान दिइएको छैन । सवारी साधनको सङ्ख्या बढेकाले चाबहिल हुँदै चल्ने सवारी साधन पनि क्युमा चलिरहेका छन् । ललितपुरको नख्खुडोल पुल हुँदै चल्ने सवारी साधन बिहीबार पनि चल्न नसकेको प्रहरीले जनाएको छ । पुल नजिकै सडक भासिएका कारण सवारी साधन प्रभावित भएका हुन् । प्रहरीका अनुसार काठमाडौँ उपत्यकाको अन्य स्थानको सवारी आवागमन सामान...