समाज / जिवनशैली

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

अन्तर्राष्ट्रिय, समाचार, समाज / जिवनशैली, स्वास्थ्य
इलेक्ट्रोनिक सिगरेट (भेप)को प्रयोग हाल विश्वभर नै व्यापक रुपमा भइरहेको छ । अझ युवाहरुमा यसको प्रयोग अत्याधिक छ । नेपालमा यकिन तथ्यांक नभएपनि युवाहरुमा यसको प्रयोग दिनानुदिन बढ्दै गइरहेको यथार्थ पनि हामी माझ छ । यसको सुरुवात चुरोट छुटाउने माध्यम वा सुर्तीको लतको समाधानको रुपमा भएको देखिन्छ । हाल आएर भने प्रयोगकर्ताहरुले यसलाई मनोरन्जन वा भनौं फरक पहिचानको माध्यमको रुपमा यसलाई प्रयोग गर्ने गरेको देखिन्छ । विश्व स्वास्थ्य संगठन तथा विभिन्न अनुसन्धानअनुसार यसमा सुर्तीको लत व्यवस्थापनमा उपयोगी हुने असर खासै छैन, बरु ठीक विपरीत चुरोट सेवन नगर्ने मानिसमा समेत यसले चुरोट सुरु गर्ने माध्यम (गेटवे) को रुपमा भूमिका निर्वाह गरिरहेको छ । के हो ई–सिगरेट ? यो एक प्रकारको विद्युतीय उपकरण हो, जसले तरलरूपमा रहेको सूर्तीजन्य पदार्थ र यसमा प्रयोग भएको वास्ना (फ्लेभर)लाई तताएर बाफमा परिणत गर्छ । प्रयो...
सिन्के धूपको धुवाँले पनि गर्छ फोक्सो र श्वासनलीमा हानि

सिन्के धूपको धुवाँले पनि गर्छ फोक्सो र श्वासनलीमा हानि

समाचार, समाज / जिवनशैली, स्वास्थ्य
काठमाडौं । धूप बाल्दा यसको सुगन्धसँगै धुवाँ पनि फैलिन्छ । धूपबाट निस्किएको त्यो धुवाँले हाम्रो स्वास्थ्यमा कस्तो असर गर्छ ? धूपको धुवाँले फोक्सो तथा श्वासनलीमा कुनै असर गर्छ कि ? यिनै विषयमा केन्द्रित रहेर वीर अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. अशेष ढुंगानासँग गरिएको कुराकानीको सम्पादित अंश : धूपको धुवाँले कस्तो असर गर्न सक्छ ? धूपबाट निस्कने धुवाँले फोक्सोलाई त्यति नै असर गर्छ जति चुरोटबाट निस्किएको धुवाँले । केही अनुसन्धानले त पूजापाठ गर्दा निस्कने धुवाँ र लामखुट्टे भगाउन बालिने धूपबाट निस्किएको धुवाँ धूम्रपान भन्दा पनि बढी हानिकारक हुने देखाएको छ । धूपको धुवाँ सिधै हाम्रो फोक्सोमा गएर विभिन्न समस्या निम्त्याउन सक्छ । हाम्रो फोक्सोलाई विभिन्न प्रकारको संक्रमणबाट बचाउन ‘म्युकोसिलरीया क्लियरेन्स’ हुन्छ । जसले फोक्सोका विकारहरूलाई खकारको माध्यमबाट बाहिर निकाल्न मद्दत गर्छ । ध...
वृद्ध उमेरमा किन देखिन्छ दीर्घकालीन दम ?

वृद्ध उमेरमा किन देखिन्छ दीर्घकालीन दम ?

समाज / जिवनशैली, स्वास्थ्य
नेपालमा प्रत्येक १० जनामा एक जनालाई श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन दम (सीओपीडी) छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनले यही भन्छ । अध्ययनअनुसार ११.७ प्रतिशत नेपालीमा यो समस्या छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) विश्वभर मृत्युको तेस्रो प्रमुख कारण हो, जसले सन् २०१९ मा ३० लाख २३ हजारले यही रोगका कारण ज्यान गुमाएका थिए । सीओपीडी एक दिन वा छोटो समयमा लागिहाल्ने रोग होइन । यसको विकास हुन धेरै वर्ष लाग्छ । जस कारण विशेषत: यो रोगले वृद्धावस्थामा बढी सताउँछ । के कारणले वृद्धमा सीओपीडी हुन्छ ? यो रोग के हो ? यसको उपचार छ ? चर्चा गरौं । सीओपीडी यस्तो रोग हो, जसमा बिरामीलाई सास फेर्न कठिन हुन्छ । यसलाई दीर्घकालीन दम रोग पनि भनिन्छ । सामान्यतया जब हामी हावाको सहायताले सास लिन्छौं, तब अक्सिजन रगतमा मिसिन्छ र कार्बनडाइअ...
काभ्रेमा ‘आगो’को वितण्डा, बस्ती जोखिममा

काभ्रेमा ‘आगो’को वितण्डा, बस्ती जोखिममा

समाचार, समाज, समाज / जिवनशैली
२६ वैशाख, काभ्रेपलाञ्चोक । आफू जन्मे हुर्केको घर एकाएक खरानी भएको देख्दा सत्यमान लामा रिङ्गटा लागेर भूइँमा पछारिए । धेरैबेरसम्म होश खुलेन । होस खुल्दा घर सम्पूर्ण रुपमा भष्म भइसकेको थियो । पचास वर्षीय लामाको जीवनमा ठूलै बज्रपात लागेको थियो । लामा जलेको घर नियाल्न तेस्रो दिनसम्म पनि सामूहिक टेण्टको बसाईबाट चियाइरहन्थे। अब कसरी परिवारलाई कहाँ लगेर राख्ने भन्ने चिन्ताले उनलाई सताएको छ । उनी भन्छन्, ‘बर्खा लागिसक्यो । भएको अन्तपात र लत्ताकपडा जलेर खरानी भयो । यो पीडा कसलाई पोखुँ ? ‘ काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-४ सानो पोटा गाउँमा वैशाख १८ गते मङ्गलबार गाउँ नजिकको सामुदायिक वनमा लागेको डढेलो हावाहुरीका कारण बस्तीमा आएपछि उनको सँगै गाउँका १५ घर पूर्णरुपमा जलेर नष्ट भएका छन् । घरमा वनको आगो सल्किएपछि आगोले ‘वितण्डा’ मच्चाउँदा गाउँका पीडितले घरका सरसामान निकाल्न सकेनन् र घण्टामै केही पशु...
कलंकीबाट ७ दिनदेखि विद्यार्थी बेपत्ता

कलंकीबाट ७ दिनदेखि विद्यार्थी बेपत्ता

समाज, समाज / जिवनशैली
२६ वैशाख, काठमाडौं । कलंकीमा आफन्त कहाँ बसेर अध्ययनरत् विद्यार्थी एक सातादेखि बेपत्ता छिन् । चितवन कालिका नगरपालिका-६, टाँडी घर भइ हाल हजुरआमा कहाँ बसेर सानेपास्थित सगरमाथा इञ्जिनियरिङ कलेजमा अध्ययरत् २२ वर्षीया स्नेहा लामिछाने बेपत्ता भएकी हुन् । उनी १९ वैशाखदेखि सम्पर्कमा नआएपछि भोलिपल्ट जिल्ला प्रहरी परिसर, काठमाडौंमा गएर खोतलासका लागि निवेदन दिएको आमा शोभा लामिछानेले बताइन् । उनका अनुसार, स्नेहा कलेजमा कम्युटर इञ्जिनियरिङ पहिलो सेमेस्टरमा अध्ययरत् थिइन् जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, एक जना डीएसपीको नेतृत्वमा टोली नै बनाएर उनको खोजतलास भइरहेको छ । अन्तिम पटक उनी एक्लै घरबाट निस्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको अधिकारी बताउँछन् । स्नेहाको मोबाइल पनि १९ वैशाखबाटै स्वीच अफ छ । उनको खोजीका लागि उपत्यकाका विभिन्न नाकाको क्लोज सर्किट (सीसी) क्यामर...
आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला

शिक्षा, समाज / जिवनशैली
आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला २६ वैशाख, काठमाडौं । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने’ औँसी पनि भनिन्छ । पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा. वासुदेव कोइरालाका अनुसार यस दिन बिहान सबेरै स्नान गरी आमालाई उपहार दिने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन छ । आमा नभएकाहरुले भने श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् । हुन त आमालाई सम्मान गर्न कुनै विशेष दिन कुर्नु पर्दैन । तर, हाम्रो सांस्कृतिक परम्पराअनुसार आज नै आमाको मुख हेर्ने र सम्मान व्यक्त गर्ने विशेष दिन हो । ‘शास्त्रमा जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको ...
कैलालीमा सुधारगृहमा युवकको मृत्यु, निष्पक्ष अनुसन्धान गर्न अभिभावकको माग

कैलालीमा सुधारगृहमा युवकको मृत्यु, निष्पक्ष अनुसन्धान गर्न अभिभावकको माग

अपराध / प्रशासन, समाचार, समाज / जिवनशैली
२६ वैशाख, धनगढी । कैलालीमा सुधारगृहमा राखिएका एक युवकको मृत्यु भएको छ । उनका अभिभावकले मृत्यु शंकास्पद भएको भन्दै निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका–४ भालुफाटामा रहेको नयाँ बाटो पुनर्स्थापना केन्द्र (सुधारगृह)मा २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेन्द्रकुमार पालले सुधार केन्द्रमा बस्दै आएका शाहीले एक तले भवनको छतबाट बुधबार राति हाम फालेको बताए । त्यसबाट घाइते भएका शाहीको उपचारका क्रममा घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी पालको भनाइ छ । शाहीको निधार, गर्धन, कम्मर र दुवै हातमा चोट लागेको देखिएको छ । डीएसपी पालले शाहीले सुधार केन्द्रबाट भाग्ने उद्देश्यले भवनको छतबाट हामफालेको बुझिएको बताउँदै घटनाबारे अनुसन्धान जारी रहेको बताए । तर, मृतकका पर...
आगलागी, डढेलो र चट्याङबाट २४ दिनमा २७ जनाको मृत्यु

आगलागी, डढेलो र चट्याङबाट २४ दिनमा २७ जनाको मृत्यु

समाचार, समाज, समाज / जिवनशैली
२६ वैशाख, काठमाडौं। आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरुको मृत्यु भएको हो । प्राधिकरणका अनुसार आगलागीबाट १८, डढेलोले ६ र चट्याङ लागेर ३ जनाले ज्यान गुमाएका तथा ९० जना घाइते भएका छन् । यसैबीच, प्राधिकरणले अग्निपीडित परिवारलाई पनि अस्थायी घर बनाउन आर्थिक सहयोग गर्ने कार्यविधि स्वीकृत गरेको जनाएको छ । यसअघि त्यस्तो सुविधा भूकम्पपीडितका लागि मात्र उपलव्ध थियो ।...
आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला

अन्तर्राष्ट्रिय, समाज, समाज / जिवनशैली
२६ वैशाख, काठमाडौं । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने’ औँसी पनि भनिन्छ । पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा. वासुदेव कोइरालाका अनुसार यस दिन बिहान सबेरै स्नान गरी आमालाई उपहार दिने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन छ । आमा नभएकाहरुले भने श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् । हुन त आमालाई सम्मान गर्न कुनै विशेष दिन कुर्नु पर्दैन । तर, हाम्रो सांस्कृतिक परम्पराअनुसार आज नै आमाको मुख हेर्ने र सम्मान व्यक्त गर्ने विशेष दिन हो । ‘शास्त्रमा जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको छ, त्यसैले आमाप्रति श्रद्धाभाव व्यक्त गरिने यो पर्व आ...
जिन्दगी यसरी जिऔं कि हरेक पलमा खुसी मिलोस्

जिन्दगी यसरी जिऔं कि हरेक पलमा खुसी मिलोस्

समाज, समाज / जिवनशैली
जिन्दगी यसरी जिऔं कि हरेक पलमा खुसी मिलोस् अहिलेका युवाको जीवनको सबैभन्दा ठूलो लक्ष्य धनी बन्ने देखिन्छ । यस्तोमा ७०–८० प्रतिशत युवाहरू धनी बन्न चाहन्छन् भने ५० प्रतिशतभन्दा बढी युवा प्रसिद्ध बन्न चाहन्छन् । पैसा वा नाम कमाएर मात्र कसरी खुसी हुन सकिन्छ ? ७५ वर्षसम्म चलेको अध्ययनको निष्कर्ष छ- सम्बन्ध जोड्नु जीवनको सबैभन्दा ठूलो लक्ष्य हुनुपर्छ । असल र राम्रो सम्बन्ध नै खुसीको कारक हो । अधिकतम धन र सफलता प्राप्त गर्न दिनरात कडा परिश्रम गर्न सिकाइन्छ । हामीलाई लाग्छ कि यसबाट मात्र जीवन राम्रो हुन्छ । तर यसको पछाडि दौडिरहँदा हामी सम्बन्धमा लगानी गर्न पछाडि पर्छौं । जब हामी बूढो हुँदै जान्छौं तब हामीले महसुस हुन्छ कि धन र सफलताको पछि लाग्दालाग्दै जीवन त फिक्का भएछ भनेर । हार्वर्ड स्टडी अफ एडल्ट डेभलपमेन्ट मानव जीवनमा गरिएको सबैभन्दा लामो अध्ययन हो, जसमा ७५ वर्षसम्म ७२४ व्यक्तिको ज...