समाज / जिवनशैली

गुल्मीमा एक महिनामै आगलागीबाट १६६ घरगोठ जलेर नष्ट

गुल्मीमा एक महिनामै आगलागीबाट १६६ घरगोठ जलेर नष्ट

समाचार, समाज / जिवनशैली, स्थानिय तह / प्रदेश
२३ वैशाख, गुल्मी । गुल्मीमा वैशाखयता आगलागीबाट १ सय ६६ वटा घर गोठ जलेर नष्ट भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा ६६ वटा घर र १०० वटा गोठ जलेर नष्ट भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गर्मी र सुख्खा मौसम सुरु भएसँगै दैनिकजसो आगलागीका घटना बढदै गएका हुन् । ्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले आगलागीबाट १ सयभन्दा बढी पशुचौपाया जलेर नष्ट भएको जानकारी दिए । आगलागीका कारण जिल्लामा सबैभन्दा बढी क्षति इस्मा गाउँपालिकामा भएको छ । जिल्लाका १२ वटा स्थानीय तहमध्ये मदाने, मुसिकोट, धुर्कोट र रुरुक्षेत्रमा बढी क्षति भएको छ । जिल्लामा विभिन्न सामुदायिक वनबाट फैलिएको आगो बस्तीमा पुग्दा करोडौंको क्षति भएको छ । आगलागीबाट घरविहीन बनेका नागरिकलाई जिल्ला प्रशासन कार्यालय गुल्मीले विपद व्यवस्थापन समितिबाट प्रतिघर २० हजार रुपैयाँ प्रदान गरेको छ । आगलागी पीडित परिवारको आवास निर्माण प्रक्रिया...
पर्यटकीय तथा धार्मिक गन्तव्य रेसुङ्गा !! जान्नै पर्ने महत्त्व एवम् आस्था (भिडियो सहित)

पर्यटकीय तथा धार्मिक गन्तव्य रेसुङ्गा !! जान्नै पर्ने महत्त्व एवम् आस्था (भिडियो सहित)

भिडियो, समाचार, समाज / जिवनशैली
वैशाख २२ बुटवल गते । ऐतिहासिक, धार्मिक सांस्कृतिक तथा जैविक विविधताबारे प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले गुल्मीको रेसुङ्गा नगरपालिकाले ‘जाऔँ हिँड रेसुङ्गा’ अभियान सुरु गरेको छ । पर्यटन प्रवर्द्धनमार्फत आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डको सहकार्यमा ‘जाऔँ हिँड रेसुङ्गा’ अभियान सञ्चालन गरेको हो । काठमाडौँमा आयोजित विशेष समारोहबिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार सो जाउँ हिँड रेसुङ्गा’ अभियानको शुभारम्भ गर्दै रेसुङ्गा ऐतिहासिक, धार्मिक, पौराणिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदा हुनुका साथै “यो शान्त, मनोरम, पावन तपोभूमि र धार्मिक धाम समेत भएको बताए ,” “यहाँ रहेका रेसुङ्गा यज्ञ स्थल, सिद्धस्थान, शशिधर स्वामीको आश्रम, महापोखरी, सीतारामको मन्दिर, मनकामना मन्दिरजस्ता स्थलहरूको एकै ...
आगलागी पीडितलाई तत्काल १५ हजार र अस्थायी आवासका लागि ५० हजार दिने तयारी

आगलागी पीडितलाई तत्काल १५ हजार र अस्थायी आवासका लागि ५० हजार दिने तयारी

समाचार, समाज, समाज / जिवनशैली, स्थानिय तह / प्रदेश
२१ वैशाख, काठमाडौं । सरकारले आगलागी पीडितलाई तत्काल १५ देखि २० हजार रुपैयाँ दिने तयारी गरेको छ । आगलागीमा परेर पूर्णरूपमा आवासमा क्षति भएकाहरूलाई अस्थायी आवास बनाउन ५० हजार दिने प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगेको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालका अनुसार डढेलोबाट पीडित भएका नागरिकको तत्कालै विवरण लिएर १५ देखि २० हजार दिने सरकारी नीति छ । अहिले पनि कतिपय जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूले विवरण संकलन गरेर पीडित परिवारलाई १५ देखि २० हजार उपलब्ध गराउने कार्य गरिरहेका छन् । शुक्रबार बसेको राष्ट्रिय सभाको ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’को बैठकमा गृहसचिव अर्यालले यस्तो जानकारी दिएका हुन् । साथै अस्थायी आवासका लागि ५० हजार दिने गरी कार्यविधि निर्माणको काम चलिरहेको छ ।...
विपदबाट एक वर्षमा १५३७ जनाको मृत्यु, १ अर्ब २३ करोड रुपैयाँ क्षति

विपदबाट एक वर्षमा १५३७ जनाको मृत्यु, १ अर्ब २३ करोड रुपैयाँ क्षति

अन्तर्राष्ट्रिय, समाचार, समाज / जिवनशैली
२१ वैशाख, काठमाडौं । अघिल्लो वैशाखदेखि एक वर्षको बीचमा नेपालमा १ हजार ५४७ को मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । दुर्घटनाबाट ४ हजार १४७ जना गम्भीर घाइते भएको गृहमन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए । शुक्रबार काठमाडौंमा भएको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृह मन्त्रालयका सचिव अर्यालले अघिल्लो वैशाखदेखि यस अवधिमा बाढी, पहिरो र भूकम्प लगायतका विपद्बाट ६३ जना र आगलागीबाट २६ जनाको मृत्यु भएको पनि उनले जानकारी दिए । यो ०८० वैशाखदेखि ०८१ वैशाख २० गतेसम्म गृह मन्त्रालयले राखेको तथ्यांक हो । यो अवधिमा विभिन्न विपद्हरुबाट १ अर्ब २३ करोड रुपैयाँ बराबर क्षति भएको जनाएको छ । यसमा सरकारले प्राकृतिक र गैरप्राकृतिक दुवैथरि विपद्लाई समेटेको सचिव अर्यालको भनाइ छ । सचिव अर्यालले विपद्बाट १० वर्षमा ४१ अरब ६० करोड रुपैयाँको क्षति भएको पनि जानकारी दिए । उनका अनुुसार ...
झापामा परीक्षा दिएर फर्केकी छात्रामाथि आक्रमण, गोली लागेको आशंका

झापामा परीक्षा दिएर फर्केकी छात्रामाथि आक्रमण, गोली लागेको आशंका

अपराध / प्रशासन, समाचार, समाज / जिवनशैली
२१ वैशाख, काठमाडौं । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि आक्रमण भएको छ । आक्रमणमा परेर १८ वर्षकी एनिका अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिए । उनलाई दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका लागि पठाइएको छ । अधिकारी दमकको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । अधिकारीको पेटमा गोलीको छर्रा जस्ता वस्तु लागेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार उनको शरीरका दुई ठाउँमा चोट देखिएको र प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरी गोली लागेको करिब निष्कर्षमा पुगेको छ । उनले भने, ‘आक्रमणकारीको पहिचान भइसकेको छ, नाका सिल गरेर खोजी जारी छ ।’ उनको अवस्था सामान्य रहेको र पेटमा डढेको, दबेको, ददारिएको जस्तो चोट देखिएको प्रहरीले जनाएको छ । अधिकारीको कपडामा गोलीजस्तो देखिने वस्तु फेला पर...
गुल्मीको चन्द्रकोट गाउँपालिकाले ‘स्त्री जाति’का पशुचौपाया ओसारपसारमा रोक लगायो

गुल्मीको चन्द्रकोट गाउँपालिकाले ‘स्त्री जाति’का पशुचौपाया ओसारपसारमा रोक लगायो

समाचार, समाज / जिवनशैली, स्थानिय तह / प्रदेश
२१ वैशाख, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले स्त्री जातिका पशुचौपाया ओसारपसार रोक लगाएको छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै स्त्री जातिका पशु चौपायाहरु बिक्री वितरण तथा ओसारपसार नगर्न/नगराउन अनुरोध गरेको हो । गाउँपालिकाले कृषि, पशुपालन तथा दूग्ध उत्पादनलाई व्यावसायिक र व्यवसायिक बनाउने गरी कार्यक्रम चलाइरहेको तर, स्त्री प्रजातिका पशुचौपाया अन्यत्रै निकासी भइरहेको भन्दै बिक्रीवितरणसहित ओसारपसारमा रोक लगाउनुपरेको दाबी गरेको छ । ‘पछिल्लो समयमा पालिका क्षेत्र भित्रबाट विभिन्न कृषकहरुद्वारा पालिएका पशुचौपायाहरु मध्ये स्त्री जातिका पशु चौपाया (विशेष गरी भैंसी) हरुको अवैध रुपमा ओसार भइरहेको र मासुजन्य कार्यका लागि यातायातका विभिन्न साधनहरुबाट समेत अन्यत्र निकासी भरहेको’, सूचनामा भनिएको छ, ‘यसको नियन्त्रण र नियमनका लागि पालिकाको अर्को व्यवस्था लागु नहुन्जेल यस किसिमका पशु ...
लाएन क्लब अफ भृकुटी टाउनद्वारा श्रमिक दिवसको अवसरमा बाख्रा बितरण

लाएन क्लब अफ भृकुटी टाउनद्वारा श्रमिक दिवसको अवसरमा बाख्रा बितरण

अन्तर्राष्ट्रिय, समाचार, समाज / जिवनशैली
बुटवल , बैशाख १९ । लाएन क्लब अफ भृकुटी टाउन मनकामनाले मे १ अर्थात श्रमिक दिवसको अवसरमा २५ वटा बाख्रा बितरण गरेको छ । २०७३ साल देखि निरन्तर सामाजिक कार्यमा सकृय क्लबले १७५ भन्दा बढी बाख्रा संगै बितरण गरेको हो । साथै उक्त क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा सामाजिक गतिविधिलाई अग्रसरताका साथ अघि बढाउँदै आएको छ । विनयपुर गाउँपालिका नवलपरासीका महिलाहरुलाई उद्यमशिल र आर्थिक आयआर्जनमा सबल बनाइ स्वालम्बन र स्वरोजगारी बन्न सकिन्छ भन्ने हेतुले यो कार्यक्रम सुरुवात गरेको हो । बाख्रा बितरण कार्यक्रममा अध्यक्षता लायन क्लब अफ भृकुटी टाउनका अध्यक्ष लायन सीमा घिमिरेको अध्यक्षता , प्रमुख अतिथी फर्स्ट भिडिजी (VDG) एवम २०२४/२०२५ का गभर्नर एमजेएफ लाइन(MJF lion) पुरुषोत्तम भक्त प्रधानाङ्ग , विशिष्ट अतिथि पिआरओ इन चिफ ( PRO in Chief ) लायन दिपक कुमार श्रेष्ठ , अतिथिहरु जोन चियरपर्सन लायन ...
गुल्मीमा मलामी सवार जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ घाइते

गुल्मीमा मलामी सवार जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ घाइते

समाचार, समाज, समाज / जिवनशैली
१६ वैशाख, गुल्मी । गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा परेर ७५ वर्षका मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । रुद्रवेणीबाट मलामी लिएर लिम्घा तर्फ फर्किरहेको लु १ च ४३२० नम्बरको पिकअप जिप गएराति सत्यवती गाउँपालिका वडा नम्बर–४ मौरीओडारमा दुर्घटना भएको थियो । दुर्घटनामा परी सत्यवती गाउँपालिका वडानम्बर–५ निवासी ३१ वर्षका कृष्ण थापा, ३५ वर्षका यसबहादुर बुढाथोकी, ४० वर्षका खेमु श्रीस, ६० वर्षका दुर्गाबहादुर राना, ३१ वर्षका भुपेन्द्रदेव खप्तरी (थापा) घाइते भएका छन् । त्यस्तै ५३ वर्षका पदम बहादुर बुढाथोकी, ३१ वर्षका भरत बुढाथोकी, २६ वर्षका मिलन राना, २६ वर्षका ठगबहादुर बुढाथोकी, ३४ वर्षका घनश्याम बुढाथोकी, ६ वर्षका चिनबहादुर राना र चालक सत्यवती गाउँपालिका–४ ...
उपनिर्वाचन हुने इलाम र बझाङमा मौन अवधि सुरु

उपनिर्वाचन हुने इलाम र बझाङमा मौन अवधि सुरु

राजनीति, समाचार, समाज / जिवनशैली
१३ चैत, काठमाडौं । यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेका जिल्ला इलाम र बझाङ जिल्लामा आजदेखि मतगणना सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरिएको छ । निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि लागू हुन्छ । यसअनुसार बुधबार राति १२ बजेदेखि इलाम र बझाङमा मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधि सभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नं १ (१) मा हुने उपनिर्वाचन हुने भए पनि जिल्लाभर मौन अवधि लागु गरिएको छ । ४ मंसिर २०७९ मा भएको आम निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको भदौ २५ गते राति निधन भएपछि र बझाङ क्षेत्र नम्बर १ (१) बाट निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गते गाडी दुर्घटनामा निधन भएपछि रिक्त भएका स्थानमा उपनिर्वाचन हुन लागेको हो । निर...
गुल्मीमा विद्युतको तारबाट खरबारीमा लागेको आगोले घर जलायो

गुल्मीमा विद्युतको तारबाट खरबारीमा लागेको आगोले घर जलायो

समाचार, समाज / जिवनशैली
१२ वैशाख, गुल्मी । गुल्मीमा विद्युतको तारबाट खरबारीमा आगलागी हुँदा एउटा घर नलेर नष्ट भएको छ । रूरूक्षेत्र गाउँपालिका- ५ को खरबारीमा सल्किएको आगोले गिरिबहादुर श्रेष्ठको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । विद्युतको तारबाट खरबारीमा आगलागी हुँदै घरमा पुगेको थियो । आगलागीबाट घरमा रहेका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीले आगलागी नियन्त्रणमा लिएका थिए । गर्मी र सुख्खा याम सुरु भएसँगै जिल्लाका दर्जन बढी स्थानका सामुदायिक वनजंगलमा आगलागी भइरहेको छ । आगलागीबाट करोडौंको क्षति भएको छ । जिल्लाका विभिन्न स्थानमा आगलागीबाट झन्डै एक सयभन्दा बढी घरगोठसहित पशुचौपाया जलेर नष्ट भएको प्रहरीले जनाको छ । ...