स्थानिय तह / प्रदेश

कर्णाली सरकारमा रणसिंहलाई पठाउने माओवादी केन्द्रको निर्णय

कर्णाली सरकारमा रणसिंहलाई पठाउने माओवादी केन्द्रको निर्णय

राजनीति, समाचार, स्थानिय तह / प्रदेश
१२ वैशाख, सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा रणसिंह परियारलाई पठाउने निर्णय गरेको छ । कर्णाली प्रदेश संसदीय दलको आज बिहान बसेको बैठकले हुम्लाका परियारलाई मन्त्रीको रुपमा सरकारमा पठाउने निर्णय गरेको माओवादी केन्द्रका सांसद कृष्णबहादुर जिसीले जानकारी दिए । साथै बैठकले मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत दिने निर्णय पनि गरेको छ । मुख्यमन्त्री कँडेलले विहीबार विश्वासको मत लिँदै छन् ।...