१० असोज, काठमाडौं। मदन भण्डारी मेमोरियल कलेजले सूचना प्रविधिमा अध्‍ययनरत विद्यार्थीहरूको प्रतिभा उजागर गराउन ‘एमबिएमसी आइडिया एक्स २०२४’ आयोजना गर्ने भएको छ ।

बिहीबार पत्रकार सम्‍मेलन गरी भोलिदेखि (असोज११- १३ गतेसम्म) दोस्रो संस्करणको हृयाकाथन गर्न लागिएको मदन भण्डारी मेमोरियल कलेजका क्याम्पस प्रमुख
डा. बाबुराम अधिकारीले जानकारी दिए ।

यसअघि पहिलो संस्करण गत वर्ष २०८० असोज १९ देखि २१ गतेसम्म सञ्चालन भएको थियो । उक्त संस्करणमा आदिवासी भाषाहरूको संरक्षण, प्रवद्र्धन र पुनरुत्थान गर्ने लक्ष्य राखिएको थियो । ‘भाषा जीवन हो, जीवन नै भाषा हो’ भन्ने मूल नाराका साथ ग्ल्भ्क्ऋइ नेपालसँगको सहकार्यमा देशभरिबाट ५० भन्दा बढी प्रतिस्पर्धीहरूको सहभागितामा ४८ घण्टाको अनसाइट ज्बअपबतजयल सम्पन्न गरिएको थियो ।

‘ह्याकाथनमा नेपाल र विदेशका गरि कुल २३ टिम सहभागी रहने छन । जसमा एक सय भन्दा बढि विद्यार्थीको सहभागीता रहने छ । प्रतिष्पर्धाबाट ६ ओटा विभिन्न विधामा आधारित रहि विजेत चयन गरिनेछ।’ क्याम्पस प्रमुख अधिकारीले भने ।
उनका अनुसार ३ दिनसम्‍म चल्‍ने उक्त आइडिया एक्समा नेपाल तथा भारतका १ सयभन्दा बढी सूचना प्रविधि विषय अध्ययनरत विद्यार्थीहरूले वातावरण प्रविधि, स्वास्थ्य र पहुँच, विकेन्द्रीकरण, साइबर सुरक्षा, पर्यटन, वित्तीय प्रविधि, कृषि प्रविधि लगायतका विधाहरूमा प्रतिस्पर्धा हुनेछ ।

प्रतिस्पर्धामा विधागत विजेता र समग्र विजेतालाई दश हजार र पाँच हजार नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

कार्यक्रम अवधिभर सबै भाग लिने प्रतिस्पर्धीहरु विशेषज्ञहरुसँग अन्तरक्रिया गरी आपसमा नयाँ विचारहरुको सिजर्ना गर्ने एमबीएम कलेजका विज्ञान तथा प्रविधि विभागका प्रमुख फूलबाबू झाले दाबी गरे ।

‘हामीले यसेको नाम आइडिया एक्स भनेर राखेता पनि यो ह्याकथन नै हो । यसले प्रतिभाशाली प्रतिस्पर्धीबाट नयाँ आइडिया सृजना हुन्छ भन्‍ने विश्वास लिएका छौं,’ उनले भने, ‘ खासगरी प्रविधिलाई पछ्याइरहेका युवा युस्ताले आ-आफ्नो समूह बनाएर डिजिटल प्रविधि, म्यानेजमेन्ट, अकाउन्टलगायत आफूले रुचाएको विधामा नयाँ सोच र संकल्प ल्याउनुहुन्छ। त्यसका लागि हामीले ४८ घण्टाको समय सीमा दिएका छौ।’

कार्यक्रमको उद्‌घाटन असोज ११ गते प्रमुख अतिथि क्याम्पसका अध्यक्ष महेन्द्र बहादुर पाण्डेले गर्नेछन् ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0