काठमाडौँ । माल्टाका राष्ट्रपति मरियम स्पिटेरी डेबोनोसँग त्यहाँस्थित गैरआवासीय नेपाली संघ(एनआरएनए) का पदाधिकारीले भेटवार्ता गरेका छन् ।

एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनाल नेतृत्वको टोलीले राष्ट्रपतिसँग भेट गर्दै विविध विषयमा छलफल गरेको हो ।

भेटवार्ता नेपाल र माल्टाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण रहेको अध्यक्ष खनालले बताए ।

‘छलफलका क्रममा द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने, नेपाली समुदायको कल्याण र माल्टा तथा गोजमा बस्ने नेपालीहरूको मुद्दामा गहन छलफल भयो’, खनालले भने, ‘साथै, सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रमा सहकार्य गर्नका लागि नयाँ सम्भावनाहरूको खोजी गर्ने प्रतिबद्धता व्यक्त गरियो।’

सो अवसरमा माल्टाका राष्ट्रपतिले नेपाली समुदायको योगदानको सराहना गरेको खनालले बताए । यस्तै उनले भविष्यमा अझ सशक्त सहकार्यको अपेक्षा गरेकी थिइन् ।

भेटबारे राष्ट्रपति कार्यालयले आफ्नो आधिकारिक एक्समा पनि उल्लेख गरेको छ । एक्समा राष्ट्रपति कार्यालयले भनेको छ, ‘गैरआवासीय नेपाली संघबाट राष्ट्रपतिसमक्ष शिष्टाचार भेट भएको छ । उनीहरुले माल्टामा करिब १० हजार नेपाली समुदाय रहेको र उनीहरुल सामना गर्नुपरेका चुनौतीलगायतबारे छलफल भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0