काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफ्नो व्यस्तता बढेको बताउँदै राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा अनुपस्थित भएका छन् । शुक्रवार १२ बजे सिंहदरबारमा बसेको समितिको बैठकमा बाढी पहिरो लगायतका विपत्तिबाट भएको क्षति र सरकारले विपद् व्यवस्थापनका सन्दर्भमा गरिरहेको कामका बारेमा छलफलका लागि गृहमन्त्री लेखकलाई बोलाइएको थियो ।

तर अन्तिम समयमा आएर उनले आफू निकै व्यस्त रहेको बताउँदै बैठकमा आउन नमानेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले बैठकमा जानकारी गराए । गृहमन्त्रीको प्रतीक्षा गर्दै बैठक केही ढिला सुरु भएको थियो ।

मन्त्री लेखकले बाढी पहिरोबाट भएको क्षति तथा विपद् व्यवस्थापनका सन्दर्भमा सो समितिमा सरकारले कामबारे जानकारी गराउनका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कर्मचारीलाई पठाएका थिए ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0