काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले धानको पराल नजलाउन आग्रह गरेको छ ।

कम्बाईन हार्भेष्टरले धान काट्दा खेतमा छोडेको पराल जलाउँदा खेत र वातावरणमा प्रतिकुल प्रभाव पार्ने तथा पशु आहारामा समेत असर पार्ने भएकाले नजलाउन आग्रह गरिएको हो । सो पराल बेलर मेसिन अथवा अन्य विधिहरूबाट जम्मा जम्मा गर्न नार्कले आग्रह गरेको छ ।

यस्तै, धानको बीउ छनोटको लागि एकनासले पाकेका, रोग नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरी राम्रोसँग घाममा सुकाएर भण्डारण गर्नुपर्ने सुझाएको छ ।

नार्कका अनुसार बिउ भण्डारणको लागि सुपर ब्यागको प्रयोग गर्नुपर्छ । सुपर ब्याग उपलब्ध नभएको अवस्थामा हावा नछिर्ने भाँडो (मेटल वीन, घ्याम्पो, भकारी, आदी)मा राखी बीउ भण्डारण गर्न सकिने नार्कको सुझाव छ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0