२२ पुस, काठमाडौं । जनमत पार्टीले मधेश केन्द्रित दलहरुवीच मोर्चाबन्दीका लागि कार्यदल बनाएको छ ।

जनमतको आइतबार बसेको सचिवालय बैठकले उपाध्यक्ष अब्दुल खान र प्रवक्ता डा. शरदसिंह यादवलाई मधेश केन्द्रित दलसँग संवाद गर्न जिम्मेवारी तोकेको छ । संवाद र सहकार्यको पहल गर्न कार्यदल बनाइएको प्रवक्ता यादवले जानकारी गराए ।

संविधान संशोधन, कार्यगत एकता, पार्टी एकीकरण लगायतमा कार्यदलले संवाद गर्ने प्रवक्ता यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0