नेपालको वित्तीय क्षेत्रमा ग्लोबल आइएमई बैंक हरेक सूचकमा अग्रस्थानमा छ। बैंक बिहीबार १८औं वसन्त पार गरेर १९औं वर्षमा प्रवेश गर्दैछ । २०६३ सालमा स्थापना भएको ग्लोबल बैंकले २१ वटा बैंक तथा वित्तीय संस्थासँग गाभिएर मुलुककै सबैभन्दा ठूलो बैंक बनेको छ।

धेरै वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गरेर वित्तीय क्षेत्रमा रोडमोडल मात्र बनेको छैन एक अर्ब ५० करोड चुक्ता पुँजीसहित स्थापना भएको यो बैंकको चुक्ता ३६ अर्ब १२ करोड ८८ लाख रूपैयाँ पु¥याएको छ। बैंकले आकार मात्रै बढाएको छैन वित्तीय क्षेत्रमै फरक पहिचान स्थापित गर्न सफल भएको छ। स्थापनाको छोटो समयमै ठूलो फड्को मारेको यो बैंक अहिले उत्कृष्ट बैंककै पंक्तिमा छ।

ग्लोबल बैंकले ‘सबैको लागि बैंक’ भन्ने नारालाई व्यवहारमै रूपान्तरण गर्न स्वदेश तथा विदेशमा रहेका विभिन्न शाखा तथा अन्य सेवा केन्द्र र प्रतिनिधि कार्यालयमार्फत वित्तीय क्षेत्रमा पहुँच विस्तार गर्दै अगाडि बढ्ने लक्ष्य सफलता उन्मुख रहेको छ। बैंकले देशका ७७ वटै जिल्लामा आफ्ना शाखा कार्यालय, शाखारहित बैंकिङ सेवा, एटिएम, एक्सटेन्सन र अन्य काउन्टरसमेत ११ सय सेवा केन्द्रमार्फत करिब ५० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकको हाल मुलुकको सातवटै प्रदेशमा गरी तीन सय ५४ शाखा ६८ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, दुई सय ३७ शाखारहित बैंकिङ सेवा, तीन सय ८४ एटिएम, विदेशस्थित भारतको नयाँदिल्ली, संयुक्त अधिराज्य र अस्टे«लियामासमेत गरी तीन स्थानमा प्रतिनिधि कार्यालयसमेत सञ्चालनमा रहेको छ। मुलुकभर अझै पनि ठूलो संख्यामा बैंकिङ पहुँचबाहिर रहेका जनतालाई बैंकिङ सेवा प्रदान गर्दै लैजाने नीति प्राथमिकतामा राखेको छ।

बैंकले ग्राहकलाई विश्वासिलो र भरपर्दो सेवा प्रदान गर्दै आएको छ। बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ। बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, सन् २०२२ मा इरोमनी अवार्ड, द बेस्ट बैंक इन् नेपाल २०२४, बेस्ट इम्प्लोयर, ग्लोबल फाइनान्स, बेस्ट बैंक अवार्ड २०२४ जस्ता प्रतिष्ठित अवार्डहरूबाट सम्मानित भएको छ।

राष्ट्रिय कर दिवस २०८० को अवसरमा बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा बढी आय कर दाखिला गर्ने बैंकको रूपमा नेपाल सरकार, आन्तरिक राजस्व विभागले बैंकलाई सम्मानित गरेको छ।

समीक्षा वर्षमा बैंकले नेपाल सरकारलाई संस्थागत आयकर र स्रोतमा कर कट्टी गरी ६ अर्ब रूपैयाँभन्दा बढीको योगदान गरेको छ। बैंकका अनुसार यसको अतिरिक्त नियमित र सेवा सम्झौतामार्फत तीन हजार आठ सय जनाभन्दा बढी नेपाली नागरिकलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ।

सेयरधनीहरूलाई उचित प्रतिफल दिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको साखमा अभिवृद्धि हुने र अग्रिणी बैंकको रूपमा स्थापित गर्ने गर्ने योजना बनाएको छ। बैंकले ग्राहकमैत्री अत्याधुनिक डिजिटल नवप्रवर्द्धन सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ।

भरपर्दो र विश्वासिलो डिजिटलमा आधारित सर्वसुलभ बैंकिगले सेवाग्राही र सेवा प्रदायक दुवैको समय र पैसा बचत हुनुको साथै बैंकको मानव संशाधनको लागतसमेत घट्न जाने विश्वास गरिएको छ। आधुनिक प्रविधिमा आधारित व्यावसायिक सेवाबाट बैंकको दीर्घकालीन मजबुतिकरणमा मदत पुगि सेयरधनीहरूलाई उच्चतम प्रतिफल तथा सुरक्षित लगानीको अनुभूति दिलाउने अपेक्षा गरिएको छ।

२०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा बैंकको पुँजी, निक्षेप, लगानीमा सन्तोषजनक वृद्धि भएको छ। आर्थिक वर्ष २०८०/८१ मा बैंकले सञ्चालन मुनाफा आठ अर्ब ८६ करोड ७३ लाख र करपछिको मुनाफा ६ अर्ब १३ करोड ७४ लाख रूपैयाँ हासिल गरेको छ।

गत आवमा बैंकको खुद ब्याज आम्दानी गत वर्षभन्दा २५ करोड रूपैयाँले घटेको छ। कर्जाको न्यून माग, अधिक तरलता र अपेक्षाअनुसारको कर्जा तथा ब्याजको असुली नभएका कारणले खुद मुनाफामा केही संकुचन आएको छ। चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा निक्षेपमा २४ अर्ब ५१ करोडले वृद्धि भई ५ खर्ब २९ अर्ब ३८ करोड रूपैयाँ पुगेकोे छ।

यस्तै, कर्जा लगानी २७ अर्ब ८६ करोडले बढेर कुल चार खर्ब १८ अर्ब ६३ करोड रूपैयाँ पुगेकोे छ। प्रथम त्रैमाससम्ममा बंैकले एक अर्ब ५१ करोड रूपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गर्न गरेको छ।

बैंकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोषसमेतबाट सेयरधनीहरूलाई बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख ७० हजारको ५.५ प्रतिशत अर्थात् एक अर्ब ९८ करोड ७० लाख ८२ हजार रूपैयाँ बराबरको लाभांश बोनस सेयरको रूपमा वितरण गर्न प्रस्ताव गरेको छ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत पनि विभिन्न काम गर्दै आएको छ। बैंकले महिला, जनजाति, अल्पसंख्यक पिछडिएको वर्ग वा समुदाय तथा द्वन्द्वपीडित केन्द्रित वित्तीय सचेतना, मधेशका समसामयिक विषय, सामाजिक घटना, बाल बिवाह, शिक्षामा पहुँच विस्तार, मिटरव्याज विरुद्धको अभियानको लोकप्रिय टेलिभिजन सो दलान, राष्ट्रव्यापी वित्तीय सचेतना कार्यक्रमको लागि बैंकले सक्दो आर्थिक सहयोग गरेको छ।

त्यसैगरी निःशुल्क नारी स्वास्थ्य शिविर, शिक्षा, स्वास्थ्य, खेलकुद, महामारी नियन्त्रण, वातावरण संरक्षण लगायतको शीर्षकहरूमा समेत गरी आर्थिक वर्ष २०८०÷८१ मा योगदान गरेको छ। बाढी पहिरोबाट धनजनको क्षति भएको अवस्थामा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा चार करोड ५० लाख सहयोग प्रदान गरेको छ।

बैंकले सुधारका लागि विभिन्न योजना अघि सारेको छ। बैंकले केन्द्रीय स्तरमा सुरु गरेको क्रेडिट मोनिटरिङ युनिटलाई थप प्रभावकारी बनाउँदै लग्ने भएको छ। बैंकको व्यवसाय वृद्धि गर्ने र जोखिम व्यवस्थापनका साथै विगतमा झैं आगामी दिनमा सेयरधनीलाई उच्च प्रतिफल तथा सुरक्षित लगानीको अनुभूति गराउन बैंक क्रियाशील रहने बताएको छ।

आगामी दिनमा ग्राहकहरूलाई उत्कृष्ट, विश्वासिलो, भरपर्दो सेवा प्रदान गर्ने, सेयरधनीहरूलाई उचित प्रतिफल दिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको साखमा अभिवृद्धि हुने र अग्रणी बैंकको रूपमा स्थापित गर्ने गरी भावी कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।

बैंकले ग्राहकमैत्री अत्याधुनिक डिजिटल नवप्रवर्तन सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ। भविष्यमा समेत थप आयामहरू समेटेर ग्राहकलाई प्रभावकारी सेवा पु¥याउने लक्ष्य लिएको छ। भरपर्दो र विश्वासिलो डिजिटलमा आधारित सर्वसुलभ बैंकिङले सेवाग्राही र सेवा प्रदायक दुवैको समय र पैसा बचत हुनुको साथै बैंकको मानव संसाधनको लागतसमेत घट्न जाने विश्वास रहेको छ।

कर्जाको गुणस्तरमा सुधार गर्ने गराउने, नियमित रूपमा ऋणीको व्यवसायको अनुगमन तथा निरीक्षण कार्यको कार्यान्वयन गर्ने र पूर्व चेतावनीका लक्षण देखिएका कर्जाको समयमा नै पहिचान तथा व्यवस्थापन गर्न समीक्षा वर्ष देखिनै केन्द्रिय स्तरमा गठन गरी कार्यारम्भ गरिएको छ र यसलाई थप प्रभावकारी बनाउँदै लग्ने बैंकको नीति छ।

ग्लोबल बैंकले आन्तरिक काम कारबाही बढी मात्रामा स्वचालित गरी मितव्ययी बनाउने नीति लिएको छ। सोहीअनुसार आर्थिक वर्ष २०८०/८१ मा ग्राहकले खाता खोल्न, डलर कार्ड, क्रेडिट कार्ड, एटिएम कार्ड प्राप्त गर्ने, भुक्तानी गर्ने लगायत कार्डसम्बद्ध सेवा, एलसी/ग्यारेन्टी सुविधा, सेयर कर्जा लगायतको कारोबार अनलाइनबाटै गर्न मिल्ने कस्टमर सेन्ट्रिक बिपिएम कार्यान्वयनमा ल्याएको छ।

कर्मचारीको प्रत्यक्ष संलग्नता बिना नगद तथा चेकको कारोबार गर्न सकिने डिजिटल युनिभर्स सञ्चालनमा आएको छ। प्रविधिमा आधारित सेवाबाट व्यावसायिक प्रभावकारिता बढाएको भन्दै बैंकले आगामी दिनमासमेत नयाँनयाँ प्रविधिमैत्री सेवाहरू थप गर्दै लैजाने नीति लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0