४ कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिकामा लामखुट्टेजन्य रोग फैलिँदै गएको भन्दै पालिकाका २९ वटै वडामा निशुल्क फिबर क्लिनिक अभियान सुरु गरेको छ ।

समुदायस्तरमा फैलिएको डेंगु तथा मलेरियालगायत रोग नियन्त्रणका लागि निशुल्क ज्वरो परीक्षण थालिएको महानगर जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले जानकारी दिइन् ।

महानगका अनुसार निशुल्क फिबर क्लिनिकमा डेंगु, मलेरियाबाहेक अन्य ज्वरोको पनि परीक्षण हुनेछ । ‘हाम्रो अनुमानमा यो जोखिम मंसिर मसान्तसम्मै रहने भएकाले त्यसलाई रोक्न निशुल्क परीक्षण थालेका हौं’, उनले भनिन् ।

महानगरपालिकाले वडा नं. ६ को कार्यालय, वडा नं. १४ को उमा महेश्वर सामुदायिक स्वास्थ्य सेवा केन्द्र, वडा नं. २२ को बुङमती स्वास्थ्य चौकी र वडा नं. २५ सैवु स्वास्थ्य चौकीमा निशुल्क परीक्षण व्यवस्था गरेको छ ।

महर्जनका अनुसार ललितपुर जिल्लाभर २ हजार डेंगु संक्रमित हुँदा ललितपुर महानगरपालिका मात्रै १ हजार ४८० जना संक्रमित छन्।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0