काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुखमा पुनः एसपी नारायण चिमरियालाई काज सरुवा गर्ने निर्णय गरिएको छ । कार्तिक २ मा प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक राजन लिम्बुलाई पठाउने निर्णय गरेको थियो । तर, ३ दिनमै सो निर्णय रद्द गरेर चिमरियालाई काज सरुवा गर्ने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

यसअघि मोरङमा कार्यरत एसपी नवराज कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा झिकाइएको थियो । उनीमाथि आर्थिक अपचलन गरेको आरोपमा छानबिन भइरहेको छ । कार्की नवराज कार्की २०८० फागुन २ मा मोरङ गएका थिए ।

चिमरिया सुनसरीस्थित दङ्गा नियन्त्रण गणमा कार्यरत थिए । राजन लिम्बुलाई मोरङ पठाउन नेपाल कांग्रेसका नेताहरू असहमत भएका छन् । लिम्बु नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली यसअघि प्रधानमन्त्री हुँदा उनको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) थिए ।

उनी ताप्लेजुङको इन्चार्ज हुँदा २०८० भदौमा कोशी प्रदेशका कांग्रेस सांसद खगेनसिंह हाङगामले उनलाई धम्की दिएका थिए । त्यसबेलादेखि नै उनीसँग कोशी प्रदेशको कांग्रेस नेतृत्व उनीसँग असन्तुष्ट रहेको प्रहरी अधिकारीहरू बताउँछन् । आइतबार काज सरुवा भएका चिमरिया प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा स्थानीय हुन् । उनी पनि प्रहरी भित्र एमालेप्रति उदार अधिकृत मानिन्छन् ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0