विराटनगर । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदीले केपी शर्मा ओलीको सरकारले विवादित पात्रको हातबाट अर्बौंका दान लिनु घुस भएको दाबी गरेका छन् ।

मोरङको ग्रामथानस्थित तेतरियामा सोमबार आयोजित पार्टी सम्पर्क कार्यालय उद्घाटन तथा उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले एमाले भ्रष्टाचारको दलदलमा फसेको बताउँदै एमालेका कार्यकर्तालाई पार्टी छोड्न आव्हान गरे । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा भ्रष्टाचारको सुई आरजु देउवा र केपी ओलीतिर सोझिएपछि सरकार ढालिएको बताए ।

उनले ग्रामथानको उपनिर्वाचनमा आफ्नो पार्टीको उम्मेदवार नमोनारायण माझीले जित्ने दाबी गरे ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0