काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले सरकारले ल्याउने भनिएका दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने विषयमा आफूलाई केही थाहा नभएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अध्यादेश ल्याउनेबारे छलफल गरेका थिए । देउवासँगको छलफलपछि आज बस्ने मन्त्रिपरिषद्को बैठकमा अध्यादेश पेस गर्ने तयारी भइरहको चर्चाबिच मन्त्री चौरसियाले केही थाहा नभएको बताएका हुन् ।

‘अध्यादेश ल्याउने विषयमा मलाई केही थाहा छैन । प्रधानमन्त्री र गृहमन्त्रीजीले पनि मलाई केही भनेका छैनन् । पार्टी सभापतिजीले पनि केही भन्नु भएको छैन’, मन्त्री चौरसियाले भने । अध्यादेश ल्याउने विषयमा कांग्रेसका महामन्त्री गगन थापाले सोमबार देउवालाई भेटेर चासो व्यक्त गरेका थिए ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0