५ कात्तिक, काठमाडौं। साउदी अरेबियाको क्यारेफोर स्टोरहरुमा आप्रवासी श्रमिकहरुमाथि चरम श्रम शोषण भइरहेको खुलेको छ ।

एम्नेस्टी इन्टरनेशनलले सार्वजनिक गरेको एक प्रतिवेदनले क्यारेफोर स्टोरहरू नेपाल, भारत र पाकिस्तानका कामदारलाई दिनमा १६ घण्टासम्म काम गर्न लगाइएको खुलासा गरेको छ ।
यसरी ओभरटाइम काम गर्न अस्वीकार गरे महँगो कामबाट निकालिने धम्की समेत दिइएको प्रतिवेदनमा उल्लेख छ । यो सुपरमार्केट, किराना पसल र विभिन्न सेवा सुविधा स्टोरहरूको चेन चलाउने फ्रान्सेली बहुराष्ट्रिय कम्पनी हो । यो पेरिस ओलम्पिकको प्रायोजक रहेको कम्पनी हो ।

क्यारेफोरले एउटै कोठामा ६ देखि ८ जना श्रमिकहरुलाई राख्ने गरेको पनि प्रतिवेदनको ठहर छ । श्रमिकहरुले आफू बसेको ठाउँलाई ‘गाईको गोठ जस्तै’ भनेर वर्णन गरेको प्रतिवेदनमा उल्लेख छ ।

क्यारेफोर स्टोरहरूमा कामदारहरूलाई मानिसजस्तो नभई जनावरका व्यवहार गर्ने गरेको प्रतिवेदनमा पीडित पूर्व कामदारहरुले बताएका छन् ।

अहिले साउदी अरबमा आप्रवासी कामदारहरू देशको काफाला प्रायोजन प्रणालीको अधीनमा छन्, त्यसमाथि उनीहरुले न्यूनतम पारिश्रमिक पाएका छैनन् ।

प्रतिवेदन अनुसार साउदी अरेबियाका फ्रेन्चाइज्ड रिटेल कम्पनी क्यारेफोरले फ्रेन्चाइज गरिएको साइटहरूमा अनुबन्धित आप्रवासी कामदारहरूलाई भर्ती एजेन्टहरूले ठग्ने गरेका छन् । उनीहरुलाई दिनको छुट्टी दिन अस्वीकार गर्ने गरिएको र उनीहरूलाई आम्दानीमा समेत समेत ठग्ने गरिएको एम्नेस्टी इन्टरनेसनलको रिपोर्टमा उल्लेख छ ।

रिपोर्टअनुसार साउदी अरेबियाको क्यारेफोर साइटहरूमा भएको श्रम शषणबारे गुनासो गरे वा ओभरटाइम काम नममाने निकालिने डर देखाउने गरिएको छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0