बुटवल, १० पुस – नेपाली कांग्रेस बुटवल–१३ ले आफ्नो १०० दिने राष्ट्रिय अभियानको उपलक्ष्यमा “नेपाली कांग्रेस: विगत, वर्तमान र भविष्य” शीर्षकमा महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बुटवल–१३ स्थित शिवालय मन्दिरमा भएको कार्यक्रममा वडा नं १३ का नेपाली कांग्रेसका करिब दुई सय कृयाशिल सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।
नेपाली कांग्रेस बुटवल–१३ का वडा सभापति पुरुषोत्तम बस्याल को अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडा सचिव मोहन बस्यालले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि, नेपाली कांग्रेस महासमिती सदस्य तथा आन्दोलनका चर्चित व्यक्तित्व सुन्दर गहराज लगायत अन्य विशिष्ट वक्ता तथा अतिथिहरुको उपस्थिति रहेको थियो । उहाँको सम्बोधनमा पार्टीले विगत, वर्तमान र भविष्यमा भोगेका उपलब्धि र चुनौतिहरू झल्किएको थियो ।
भेलालाई विशिस्ठ अतिथि रुपन्देही–२ का क्षेत्रिय सभापति प्रजापाल गिरीले पनि सम्बोधन गर्दै बर्तमान राजनीतिक परिदृश्य र यस क्षेत्रमा नेपाली काँग्रेसको भइरहेका प्रयासका बारेमा चर्चा गरेका थिए । छलफलमा नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सदस्य भीम आलेले आगामी दिनमा पार्टीभित्र एकता र भिजन आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रम मा महाधिबेशन प्रतिनिधि तथा वडा अध्यक्ष नारायण पुन, प्रदेश प्रतिनिधि ज्ञानहरि बन्जाडे, प्रदेश प्रतिनिधि नमकला बेलबासे, जनप्रतिनिधी एल.बी. गुरुङ्ग पुर्ब जनप्रतिनिधि खुमानन्द पौडेल तथा प्रदेश सचिब कृष्ण के.सि.लगायतले आ आफ्ना भनाइहरु राख्दै अन्तरदृष्टिपूर्ण छलफलमा भाग लिएका थिए ।
नेपाली काङ्ग्रेस बुटवल–१३ का उपसभापति खिमानन्द पौडेलको स्वागत मन्तव्यबाट कार्यक्रमको सुरुवात भएको थियो उनले राजनीतिक चेतना अभिवृद्धि र पार्टी एकता सुदृढ गर्न यस्ता अभियानको महत्वलाई प्रकाश पारेका थिए ।
आफ्नो समापन मन्तव्यमा सभापति पुरुषोत्तम बस्यालले सबै वक्ता तथा सहभागीहरुप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा आउने चुनौतिहरुको सामना गर्न नेपाली कांग्रेसको आदर्श र मूल्य मान्यताप्रति प्रतिबद्ध रहन सबैलाई आग्रह गरे ।
यो सफल कार्यक्रम नेपाली कांग्रेसका सदस्यहरूका लागि पार्टीको विगतमा प्रतिबिम्बित गर्न, यसको वर्तमान राजनीतिक स्थितिबारे छलफल गर्न र भविष्यको विकास र विकासका लागि रणनीतिहरू खोज्ने एउटा महत्त्वपूर्ण मञ्च थियो।