बुटवल । पूर्वडीआईजी छविलाल जोशीलाई अहिले जिल्ला सरकारी कार्यालय रुपन्देहीमा बयान लिने क्रम जारी छ । सूर्य दर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई केहीबेर अघि रुपन्देही ल्याइएको हो ।

कास्कीबाट भैरहवा ल्याइएका जोशीलाई अहिले बयान लिने काम भइरहेको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्याधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।

उनले भने, ‘बयान लिइरहेका छौँ, कति बेला सकिन्छ भन्न सकिन्न ।’ उनलाई पोखराबाट जहाजमार्फत रुपन्देही ल्याएको हो । सहकारी ठगीबारे बयान सकेपछि उनलाई फेरि पोखरा पठाइने छ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0