काठमाडौँ । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर कम्तीमा चार जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका-७ चुहाडेस्थित सडकमा बाग्मती प्रदेश ०१-००६ ख ५३५२ नम्बरको बसले प्रदेश नम्बर ३-०२-००६ प ७०८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार त्रियुगा नगरपालिका-५ पूर्वी श्रीपुर बस्ने १८ वर्षीय अंशु राईको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएका उनको आर्या न्युरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो ।

यसैगरी मोरङको सुन्दरहरैँचा नगरपालिका-६ दुलारीस्थित सडकमा को.१ ह ७६५८ नम्बरको सिटी सफारीबाट लडेर चालक सोही नगरपालिका-५ बस्ने ४५ वर्षीय खैरा चौधरीको मृत्यु भएको छ । सिटी सफारीबाट सोमबार दिउँसो लडेर बेहोस भएका उनको बिराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।

यता कास्कीको पोखरा महानगरपालिका-७ शहिदचोकस्थित सडकमा ग.११ प ६७२५ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-१३ सितलटोल बस्ने ४९ वर्षीय छल बहादुर गुरुङको मृत्यु भएको छ । सोमबार दिउँसो ठक्करबाट गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा गए राति मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै कपिलवस्तुको शिवराज नगरपालिका-५ बालापुर मोड नजिकै अनटेष्ट लेखिएको ई-रिक्साबाट लडेर सोही ठाउँ बस्ने ७२ वर्षीया सुन्तली बिकको सोमबार राति मृत्यु भएको छ । ई-रिक्साबाट ओर्लिने क्रममा लडेर गम्भीर घाइते भएकी उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ई-रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0