७ कात्तिक, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा हर्नियाको शल्यक्रिया सफल भएको छ ।

यादव शल्यक्रियाका लागि मंगलबार साँझ अस्पताल भर्ना भएका थिए । बुधबार बिहान वरिष्ठ कलेजो रोग विशेषज्ञ प्रा.डा रमेशसिंह भण्डारी नेतृत्वको टोलीले शल्यक्रिया गरेको थियो ।

यादवको स्वास्थ्य अवस्थामा सामान्य रहेको एक चिकित्सकले बताए । ‘उहाँको शल्यक्रिया सफल भएको छ । अहिले वार्डमा राखेर थप निगरानीमा राखिएको छ’, उपचारमा समलग्न एक चिकित्सकले भने, ‘शुक्रबारसम्म डिस्चार्ज गर्ने तयारी छ ।’

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0