८ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा नेपाली सेनाको मुख्यालय जंगी अड्डामा विशेष समारोह आयोजना गरिएको छ । नेपाली सेनाको आयोजनामा भएको समारोहमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।

उनले विश्वमा शान्ति स्थापना र विपद व्यवस्थापनमा संयुक्त राष्ट्र संघले गरेको पहल र त्यसमा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गरे ।

समारोहमा नेपाली सेनाले मार्चपासका साथै विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरेको थियो । साथै नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गराइएको थियो ।

कार्यक्रममा संयुक्त राष्ट्र संघको नेपाल कार्यालयका प्रतिनिधिहरु, नेपाली सेनाका प्रमुख र जवानहरु लगायतको उपस्थिति थियो । संयुक्त राष्ट्र संघ सन् १९४५ अक्टोबर २४ मा स्थापना भएको थियो ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0